७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट निजामती कर्मचारी, छनौट गर्न नसकेको कि नभेटेको ?

अ+ अ-

काठमाडौँ । यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएनन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गर्दै गर्दा सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हो ।

गत वर्ष पनि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेको थिएन ।

सम्बन्धित समाचार : यस पटक पनि भेटिएनन् सर्वोत्कृष्ट निजामती कर्मचारी १

निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार गरी ४१ जनालाई पुरस्कार दिने व्यवस्था रहेकोमा उत्कृष्ट र निजामती सेवा पुरस्कार गरी ४० जनालाई दिने निर्णय गर्दै गर्दा सर्वोत्कृष्ट भने परेन ।

सर्वोत्कृष्ट निजामती पुरस्कार २ लाख रुपैयाँ, उत्कृष्ट १ लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।

सबैभन्दा राम्रो काम गर्ने कर्मचारीलाई सर्वोत्कृष्ट पुरस्कार दिइने भए पनि आधा दशकयता यो पुरस्कार कसैलाई दिइएको छैन । छनौट प्रणाली नै त्रृटीपूर्ण रहेका कारण कर्मचारी छनौट गर्न नसक्नु एउटा कारण हो भने पुरस्कृत गरेकै भोलिपल्ट आचरणविपरित काम गरेको पाइनु अर्को कारण । जसले गर्दा पुरस्कारकै बेइज्जत हुने अवस्था पछि सर्वोत्कृष्ट छनौट गर्न नसकिएको एक सचिवले बताए ।

त्यसो त पछिल्ला दिनहरूमा पुरस्कारहरू आफ्ना तथा आफन्तहरूलाई दिने चलन पनि निजामतीमा चल्तीमै छ । जहिल्यै सिंहदरवार वरपरकै कर्मचारीले पाउने पुरस्कार पाउने कर्मचारीहरूमा आधाभन्दा बढी उपत्यकाकै हुन्छन् । पहुँचवालाहरूले छानी छानी दिने त छँदै छ, समिति सदस्यहरूको घरघर पुगेर पुरस्कार माग्ने कर्मचारीको सङ्ख्या पनि कम छैन ।

प्रतिक्रिया दिनुहोस