१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार

अ+ अ-

काबुल । अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् ।

कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ ।

इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गिरफ्तार भएको पुष्टि गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत मेरा पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरुले काबुलबाटै पक्राउ गरेर लगेका छन् ।’

तालिबान समूहले सत्ता कब्जा गरेपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकारको पूर्ण सम्मान गर्दै त्यसमा कुनै अवरोध नगर्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसामु गरेका थिए । तर उनीहरुले कामचलाउ सरकार बनाएको भोलिपल्ट नै ताजा प्रतिबद्धताको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना सुरु भएको छ ।

अन्तर्राष्ट्रिय विभिन्न निकायहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न र मानव अधिकार उलङ्घन नगर्न तालिबान समूहलाई अनुरोध गरेका छन् ।

केन्द्रीय राजधानी कब्जा गरेपछि सत्ता हातमा पारेको तालिबान समूहले आफ्नो जित भएको तीन सातापछि मात्रै प्रारम्भिक सरकार गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस