१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेरुका कम्युनिस्ट नेता गोन्जालोको निधन

अ+ अ-

काठमाडौँ । पेरुका कम्युनिस्ट नेता अबिमाएल गुजमन गोन्जालोको जेल जीवन बिताइरहँदा ८६ वर्षको उमेरमा निधन भएको छ ।

१९९२ मा समातिएका उनले राज्यबाट आतङ्ककारीको रुपमा सिङ्गो जीवन जेलमै बिताए । हिजो (शनिबार) सैनिक अस्पतालमा उनको निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

संसारभर चर्चा पाएको पेरुको कम्युनिस्ट आन्दोलन साइनिङ पाथ को नेतृत्व गरेका गोन्जालो सशस्त्र विद्रोह गरे बापत समातिएका थिए । केही केही दिनदेखि उनको स्वास्थ्य निकै बिग्रिएपछि अस्पताल लगिएको थियो ।

स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर ४० मिनेटमा उनको निधन भएको हो । दर्शनका प्राध्यापक समेत रहेका गोन्जालो १९६० को दशको अन्त्यतिर चीन समेत पुगेका थिए । र त्यहाँ उनी माओ त्सेतुङको सांस्कृतिक क्रान्तिबाट प्रभावित भएको समेत बताइन्छ ।

गोन्जालोले पेरुमा पनि माओको बिचारलाई वर्ग युद्धमार्फत लागु गर्ने भनी १९८० मा सुरु गरेका थिए । उनले पेरुमा किसान र कट्टरपन्थी विद्यार्थीहरुलाई समेट्दै साइनिङ पाथ नामको विद्रोही समूह बनाएर सशस्त्र आन्दोलन सुरु गरेका थिए ।

पेरुमा १९८० देखि २००० मा साइनिङ पाथको आन्तरिक सङ्घर्षको क्रममा ६९ हजार मानिस मारिएका थिए । गोन्जालोका अनुयायीहरु उनलाई मार्क्स, लेनिन र माओपछिको आदर्श नेताको रुपमा मान्ने गर्छन् । अर्थात् उनलाई मार्क्सवादको चौथो नेतृत्व मान्ने गर्छन् ।

सान अगस्टिन विश्वविद्यालयमा उनले कानून र दर्शन अध्ययन गरेका थिए । उनी एक आदर्शवादी र अध्ययनशील नेता मानिन्थे । उनी १९९२ मा पक्राउ परेपछि उनलाई यहाँको सरकारले आजीवन कारावासको फैसला गरेको थियो । त्यस लगत्तै पेरुको साइनिङ पाथ आन्दोलन पनि तहसनहस बन्न पुगेको हो ।

१९९२ मा राजधानी लिमामा २५ जना मारिने गरी भएको कार बम हमलाको आरोपमा समेत २०१८ मा गोन्जालोमाथि दोस्रो पटक आजीवन कारावासको फैसला सुनाइएको थियो । गोन्जालोले दुई बिहे गरेका थिए । दुवै महिला साइनिङ पाथका नेत्री थिए ।

प्रतिक्रिया दिनुहोस