१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् आयोजना निर्माण अन्तिम चरणमा

अ+ अ-

टीकापुर । सुदूरपश्चिमको कैलालीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बन्न लागेको ४.७१ मेगावाट विद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

जानकी गाउँपालिका–९ कटाँसेमा विद्युत् गृह बनाई रानी जमरा कुलरियाको नहरमा आउने पानीबाट विद्युत् उत्पादन गर्न लागिएको हो । सात मिटर हेडबाट पानी खसालेर तीन वटा टर्बाइन जडान गरेर विद्युत् निकालिने रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सिनियर डिभिजन इन्जिनियर विदुरमान श्रेष्ठले जानकारी दिए।

कर्णालीबाट नहरमा आउने सय क्युमेक्स पानीमध्ये २० क्युमेक्स पानी छ किलोमिटर पश्चिम पुगेपछि बालुवा छान्न कर्णालीमा खसालिनेछ । ८० क्युमेक्स पानी विद्युत् उत्पादनमा प्रयोग हुनेछ । विद्युत् गृह पार भइसकेपछि ४० क्युमेक्स पानी पुनः कर्णालीमा खसालिने र ४० क्युमेक्स पानी रानी जमरा कुरिया सिँचाइ प्रणालीमार्फत सिँचाइमा प्रयोग हुने सिनियर डिभिजन इन्जिनियर श्रेष्ठको भनाइ छ । यहाँ उत्पादन भएको विद्युत् साढे पाँच किलोमिटरको दूरीमा रहेको लम्कीमा सबस्टेसन बनाई राष्ट्रिय प्रसारण ग्रिडमा जोडिनेछ ।

निर्माण कम्पनी एसईडब्लु–टुन्डी जेभीका इन्जिनियर अजय बस्नेतले विद्युत् गृह निर्माणको काम पाँच प्रतिशतजति मात्रै बाँकी रहेको, विद्युत् उत्पादनका लागि चाहिने सबै उपकरण खरिद भइसकेको, विद्युत् गृहदेखि लम्की सबस्टेसनसम्म प्रसारण लाइनका पोल गाडेर तार तान्ने तयारीमा रहेको बताए । इन्जिनियर बस्नेतले लम्कीमा बन्ने सबस्टेसनको सामान आइसकेकाले एक महिनाभित्र जडान भइसक्ने र प्रसारण लाइनमा १५ वटा जति रूख परेकाले छ सय मिटरभित्र पोल गाड्न बाँकी रहेको बताए ।

नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड शाखाका शाखा प्रमुख रेवन्त चौधरीले सबस्टेसनका लागि लम्कीमा ठाउँ खाली रहेको बताए । जलविद्युत् आयोजना निर्माण कार्य एसईडब्लु–टुन्डी जेभीले र मेकानिकल कार्य भारतको मेकामिडीले गरेको छ । मेकानिकल कार्य गरिरहेको मेकामिडिका १५ जना प्राविधिक र स्थानीय कामदारले दैनिक काम गरिरहेका छन् ।

मेकामिडिका मेकानिकल इन्जिनियर सुनीलकुमारले आफ्नो काम फिटिङको मात्रै भएकाले तोकेको समयभन्दा पहिल्यै सक्ने गरेर काम भइरहेको बताए। विद्युत् आयोजना निर्माण गरिसक्नुपर्ने अवधि २०७८ चैतसम्म भए पनि माघभित्रै विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको छ ।

विद्युत् आयोजनाको लागत दुई अर्ब रुपैयाँ छ । त्यसमध्ये एक अर्ब पाँच करोड रुपियाँ विद्युत् गृह र उपकरणमा लगानी भएको छ भने ९५ करोड रुपियाँ यस वरपर नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस