११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीका विद्यालयमा आजदेखि भौतिक रुपमै पठनपाठन सुरु

अ+ अ-

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीका थप चार स्थानीय तहका विद्यालयमा आजदेखि भौतिक रुपमै पठनपाठन कार्य सुरु भएको छ । जिल्लाको मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालयहरु सञ्चालनमा ल्याइएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए । कक्षा कोठामा विद्यार्थीबीच सामाजिक दुरी कायम गरिएको छ भने उनीहरुलाई मास्क अनिवार्य गरिएको छ ।

त्यसैगरी विद्यार्थीलाई विद्यालयमा पनि स्यानिटाइजर लगाउने र साबुन पानीले हात धुने व्यवस्था गरिएको स्थानीय तहहरुले जनाएका छन् ।

यसअघि दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका विद्यालयहरुमा भौतिक उपस्थितिमै पठनपाठन भएको छ । दश स्थानीय तह रहेको बैतडीका नौ स्थानीय तहका विद्यालय सञ्चालनमा आइसकेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाले भदौ ३० गतेदेखि विद्यालय सञ्चालन गर्ने जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाई बिग्रने भन्दै अभिभावक र शिक्षकशिक्षिकाले चिन्ता व्यक्त गरेका थिए । सोही कारण विद्यालय सञ्चालनमा ल्याइएको हो ।

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भएको छ । हाल यहाँ १९ जनामात्रै सक्रिय सङ्क्रमित रहेका बताइएको छ । यसैबीच जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमित शून्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस