१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैलेखमा एक शिक्षकको घाँटी रेटेर हत्या

अ+ अ-

दैलेख । गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या गरिएको हो ।

प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक विसीको हत्या गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन । ‘घटनामा धारिलो हतियार प्रयोग भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपराज श्रेष्ठले भने,’घटना भएपछि शंकास्पद देखिएका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानसहितको टोलीले दैलेख पुर्‍याउँदैछ ।’

प्रमुख श्रेष्ठका अनुसार ती व्यक्ति शिक्षकको हत्या हुनु पूर्व रातिसँगै भएको खुलेको छ । ‘नियन्त्रणमा लिएका व्यक्ति र हत्या गरिएका शिक्षकसँग राति सँगै भएको खुल्न आएको छ’, श्रेष्ठले भने, ‘घटनास्थलको प्रकृति र ती व्यक्तिहरूबाट थप प्रमाण भेटिएकाले पनि अनुसन्धानपछि मात्रै घटनाको वास्तविक तथ्य खुल्नेछ ।’

दैलेख सदरमुकामबाट घटनास्थलको दूरी झण्डै पाँच घण्टाको रहेकाले पनि अनुसन्धान अधिकृत जिल्ला नफर्कदासम्म घटनाको वास्तविकता अहिले नै बताउन नमिल्ने श्रेष्ठ बताए । ‘तथ्य नजिक प्रहरी पुगेको छ, केही दिनमा वास्तवकिता सार्वजनिक गर्छौँ’, श्रेष्ठले भने ।

शिक्षक बिसी स्कुल वरण्डामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान फेला परेको थिए । घटना लगत्तै दैलेख प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली छोटेपोखरा पठाएको थियो । शव परीक्षणका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ ।

प्रतिक्रिया दिनुहोस