१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस वडा अधिवेशन : एक लाखभन्दा बढी प्रतिनिधि चयन हुँदै

अ+ अ-

काठमाडौँ । देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले वडाको निर्वाचनबाट पार्टीको वडाध्यक्ष र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने र त्यसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जानकारी दिए । काँग्रेसको विधानअनुसार १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडाबाट १५ क्षेत्रीय प्रतिनिधि र एक वडा सभापति गरी १६ जना चयन हुने छन् ।

वडा सभापतिले पनि क्षेत्रीय प्रतिनिधिसरह महाधिवेशन प्रतिनिधिको चयन प्रक्रियामा भाग लिन पाउने प्रावधान छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छ।

कुनै एउटा वडामा १५० भन्दा बढी क्रियाशील सदस्य भएको हकमा भने प्रतिएक सय क्रियाशील सदस्यता बढ्दा १० क्षेत्रीय प्रतिनिधि बढ्ने छन् । यस पटक काँग्रेसले अहिलेसम्म एउटा वडामा बढीमा सात सय जनालाई क्रियाशील सदस्यता दिएको छ । न्यूनतम भने १५० वा सोभन्दा कम क्रियाशील सदस्य भए पनि वडाबाट एक सभापति र १५ क्षेत्रीय प्रतिनिधि गरी जम्मा १६ जना नै क्षेत्रीय प्रतिनिधि चयन हुनेछ ।

क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रको समानुपातिक आधारमा प्रतिनिधिको निर्वाचन गराउनुपर्ने छ ।

समितिका सदस्य अधिवक्ता केसीले सबै वडाको अधिवेशन पूरा हुँदा कति क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् भन्ने विवरण भने अहिले तयार हुन नसकेको जानकारी दिए । त्यसका लागि सबै वडाको अधिवेशन प्रक्रिया सम्पन्न हुनुपर्ने छ ।

काँग्रेसले अहिलेसम्म ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ भने २० जिल्लाको सदस्यता सूची सार्वजनिक गरिएको छैन । पार्टीको विधानअनुसार केन्द्रीय सभापति, पदाधिकारी र केन्द्रीय सदस्यलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरू क्षेत्रीय प्रतिनिधिमध्येबाटै चयन हुने छन् । यसका साथै जिल्ला र क्षेत्रीय कार्यसमितिको निर्वाचनमा समेत क्षेत्रीय प्रतिनिधि मतदाता हुन् ।

प्रतिक्रिया दिनुहोस