८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय जनगणनाका लागि १२८ सुपरिवेक्षक

अ+ अ-

बनेपा । राष्ट्रिय जनगणना २०७८ का लागि काभ्रेपलान्चोक जिल्लामा १२८ सुपरिवेक्षक परिचालन गरी सूचीकरणको काम थालिएको छ । जनगणना कार्यालयले जिल्लाका १३ स्थानका लागि जनसङ्ख्याको आधारमा छ स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना गरी १२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणको काम सुरु गरेको हो ।

पहिलो चरणमा सात दिनको तालिम दिएर १२८ सुपरिवेक्षक भदौ ३० गतेदेखि नै सम्बन्धित कार्यक्षेत्रमा खटाइसकिएको जनगणना कार्यालयका अधिकारी दीपक कोइरालाले बताए। उनले भने, ‘यसअघि वैशाख पहिलो सातामै स्थानीय जनगणना कार्यालय स्थापना गरी सुपरिवेक्षकको लागि तालिम आयोजना गरिरहेकै बेलामा कोरोना सङ्क्रमणको दोस्रो लहरको कारण सात दिनको तालिमलाई पाँच दिनमा नै स्थगित गर्न परेकामा अहिले सङ्क्रमण दर कम भएसँगै पुनः बाँकी दुई दिनको तालिम भदौ २७ र २८ गते सम्पन्न गरेर ३० गतेदेखि नै कार्यक्षेत्रमा खटाइसकेका छौँ ।’

जनगणना अधिकारी कोइरालाले भने,’खटिसकेका सुपरिवेक्षकले पहिलो चरणमा आगामी असोज १८ गतेसम्म सूचीकरणको विवरण सङ्कलन गरिसक्नेछन् ।’ सुपरिवेक्षकले घर तथा घरपरिवार सूची दर्ताको काम सकेपछि गणकलाई आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म खटाइने छ ।

जनगणनाका लागि अहिले जिल्लाको रोशी, खानीखोला र महाभारत गाउँपालिकाका लागि रोशीमै कार्यालय राखेर धनवीर तामाङलाई, बेथानचोक गाउँपालिका र पनौती नगरपालिकाका लागि पनौतीमा कार्यालय सञ्चालन गरेर राकुमार तामाङलाई, भुम्लु र चौरीदेउराली गाउँपालिकाका लागि भुम्लुमा कार्यालय सञ्चालन गरेर रुपक अधिकारीलाई, मण्डनदेउपुर र पाँचखाल नगरपालिकाका लागि पाँचखालमा कार्यालय सञ्चालन गरेर प्रसन्न सीपखानलाई, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका लागि नमोबुद्धमा कार्यालय सञ्चालन गरेर सुमन भुर्तेललाई तथा बनेपा र धुलिखेल नगरपालिकाका लागि धुलिखेलमा कार्यालय सञ्चालन गरेर नारदमणि कट्टेललाई स्थानीय जनगणना अधिकारी तोकेर काम सञ्चालन गरिएको छ ।

सूचीकरणका लागि नगरपालिका रहेका पनौतीमा १७, बनेपामा १६, धुलिखेलमा ११, पाँचखालमा १५, नमोबुद्धमा १०, मण्डनदेउपुरमा १२ सुपरिवेक्षक खटाइएको छ । त्यस्तै गाउँपालिका रहेका रोशीमा १०, तेमालमा सात, महाभारतमा छ, चौरीदेउरालीमा सात, भुम्लुमा सात, खानीखोलामा पाँच र बेथानचोक गाउँपालिकामा पाँच सुपरिवेक्षक खटाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गरिने जनगणनाका लागि कार्यतालिका तयारी गरी ४६६ गणक खटिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस