१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रान्तिकारी बसेर समीक्षा गर्नुपर्ने समय आयो : अध्यक्ष प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब क्रान्तिकारीहरु एकजुट हुनुपर्ने बताएका छन्।

आज (सोमबार) एक कार्यक्रममा बोल्दै उनले देशभरी बिस्तारै उभार आउने सङ्केत देखिएको दाबी गरेका छन्। उनले प्रतिगमन कसले परास्त गर्‍यो भन्दा आफूहरुलाई नै जनताले श्रेय दिएको स्पष्ट पारे।

पूर्व माओवादी एवम् क्रान्तिकारी घटक छिट्टै समीक्षा गरेर एकजुट हुन आवश्यक रहेको उनको भनाई छ। उनले विप्लव, वैध, उपेन्द्र-बाबुराम, मोहनविक्रमहरु एकै ठाउँमा बसेर ऐतिहासिक समीक्षा गर्ने समय आएको धारणा राखे।

उनले कार्यकर्तामा नभई नेताहरुमा समस्या भएकाले अहिलेको अवस्था आएको धारणा राखे। उनले भने, ‘अहिले जनता, कार्यकर्ता बिग्रिएको होइन, नेताले गर्दा बिग्रिएको हो। अरुलाई दोष नलगाई मैले गर्दा बिग्रिएको भनेर अगाडि बढ्दा सफल भइन्छ।’

शीर्ष नेता जनतामाझ जाँदा माओवादी एक नम्बरको पार्टी बनाउन कुनै गाह्रो नभएको बताए। उनले भने, ‘हामीले नेतृत्व नगरेसम्म विकास हुन सक्दैन।’

प्रचण्डबिना गठबन्धन केपीलाई बालुवाटारबाट गलहत्त्याउन सकिएको टिप्पणी गरे। उनले राष्ट्रियता, समावेशी, गणतन्त्रवादी र विचार मिल्नेसँग मोर्चाबन्दी गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे। केपी ओली बालुवाटारबाट बालकोट जाँदा पञ्चेबाजा, र्‍याली गरेर ठुलो जीत हासिल गरे झैँ नाटक गरेको धारणा राखे।

उनले माओवादी केन्द्र पनि विस्तारै एमालेकरण हुन थालेको गुनासो गरे। ‘हाम्रो पार्टी पनि बिस्तारै बिस्तारै एमालेकरण हुन थाल्यो। एमालेजस्तो जस्तो हुन थाल्यो। छलछाम, झुट, गुट,धोका बेइमानी एमाले भनेकै एमाले हो।’ उनले यस्तै स्थिति हुनुभन्दा पार्टी नहुनु नै उचित हुने धारणा राखे।

प्रतिक्रिया दिनुहोस