९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोनसिक पुनर्मिलन कार्यक्रम सम्पन्न

अ+ अ-

कोरिया । कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले ‘सोनसिक पुनर्मिलन-२०२१’ कार्यक्रम सम्पन्न गरेको छ । २००४ मा स्थापना भएको सोनसिकले संस्थापक सभापति देखि लिएर आज सम्मका सम्पूर्ण कार्यसमिति पदाधिकारी, सदस्यहरू, सल्लाहकार देखि सहयोगीहरूलाई आमन्त्रण गरिएको थियो ।

उल्लेख्य सहभागितासहित सञ्चालित कार्यक्रममा पूर्व अध्यक्षहरू र सहभागीहरूले सोनसिकको गौरवपूर्ण इतिहास स्मरण गरेका थिए भने विगतमा भएका रचनात्मक कार्यहरू, नयाँ कार्यसमितिले निरन्तरता दिएकोमा सहभागीहरूले निकै खुसी व्यक्त गरेका थिए । कार्यक्रमको औचित्य प्रकाश पार्दै सोनसिकका सभापति दीर्घ राज जोशीले यस कार्यक्रमले सबैलाई जोडेको र इतिहास सबैले सुन्न पाएकोमा खुसी व्यक्त गरे ।

यो कार्यका लागी १८औँ कार्यसमितिले भूमिका खेल्न पाएकोमा जोशीले सम्पूर्ण अग्रजहरूको सहयोग प्रति आभार व्यक्त गरे । १८औँ कार्यसमितिले आजसम्म गरेका कार्यहरू तथा वेबसाइटमा भएका परिवर्तनहरू समेटी सोनसिकका सह–सचिव मनिश पाण्डेले प्रकाश पारेका थिए । नयाँ कार्यसमितिले निकै सक्रियता सहित आफ्ना गतिविधि अगाडी बढाएकोमा सहभागी सबैले खुसी व्यक्त गरेका थिए ।

१८औ कार्यसमितिले विगत २८ दिनमै ‘सोनसिक साझा मञ्च’ मार्फत गण्डकी प्रदेशमा विज्ञान प्रविधि, हरियाली नेपालमा हाम्रो भूमिका, मध्य–पश्चिम विश्वविद्यालय भैरहको शैक्षिक प्रगति बारेको कार्यक्रम सम्पन्न गरिसकेको छ ।

आगामी दिनमा सञ्चालन हुने सोनसिक साझा मञ्चमा, नेपालका अनुसन्धान केन्द्रका प्रमुखहरू विश्वविद्यालयका उपकुलपतिहरू,नाष्ट तथा सरकारी अनुसन्धान क्षेत्रमा कार्यरतहरू, निजी क्षेत्रबाट प्रयत्न गरिरहेकाहरू तथा देश विदेशमा रहनु भएका विज्ञ अनुसन्धाताहरूलाई समेटिने जोशीले बताए । अर्को हप्ता नेपाल औषधि लिमिटेडका जेनेरल मेनेजर आउने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस