१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको बडादशैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर चाडपर्व व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जानकारी दिए ।

‘चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्नसक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेका हौँ’, उनले भने । योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, जाँचमा कडाइ र नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको उनको भनाइ थियो ।

उनले बसपार्क, टिकट काउण्टर र अन्य ठाउँमा हुने भीडभाडका कारण कोरोना सङ्क्रमण बढ्ने भन्दै त्यस्ता ठाउँमा ट्राफिक प्रहरी खटाएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । ट्राफिक प्रहरीले चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि जाँचलाई कडाइ पार्ने भएको छ । चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा जाँचलाई कडाइ गरिने एसएसपी भट्टराईले बताए ।

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनलाई नाकामा कडाइका साथ जाँच गर्ने महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा अनिवार्य रुपमा दुईवटा चालक भए/नभएको एप्सबाट जाँच गर्ने बताएको छ ।

ट्राफिक प्रहरीले उपत्यकाका बढी भीडभाड हुने क्षेत्रलाई पहिचान गरी ट्राफिक जनशक्ति थप गर्ने जनाएको छ ।

१४ स्थानमा यात्रु सहायता कक्ष

ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । महाशाखाले उपत्यकाका नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष सञ्चालन गर्ने जनाएको छ । आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षासम्बन्धी सू–सुचित गर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, टिकट तथा भाडा ठगीलगायतका यात्रुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था यात्रु सहायता कक्षले काम गर्ने एसएसपी भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस