१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भान्सामा एलपी ग्यास होइन, विद्युतीय चुल्हो राखौँ : ऊर्जामन्त्री भुसाल

अ+ अ-

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गरेकी छन् । उनले आफ्नै देशको उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन आग्रह गरिन् ।

ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको आज शुभारम्भ गर्दै उनले भनिन्, ‘घरायसी उपभोगको विद्युत् महसुल दरमा कम गरेको छु । नयाँ महसुल दर लागू भएपछि एलपी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।’ ललितपुरको थेँचोमा स्नाइडर इलेक्ट्रिक फाउन्डेशनले डन बोस्को इन्स्टिच्युटसँगको साझेदारीमा नेपालमा पहिलो पटक त्यस्तो केन्द्र शुभारम्भ गरिएको हो ।

आफ्नै देशमा उत्पादित विद्युत् खपत गरे चुलिएको व्यापारघाटा कम हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले समृद्धिका लागि पनि विद्युत् उत्पादन र खपतलाई सरकारले केन्द्रमा राखेको बताइन् । नेपाल विद्युत् प्राधिकरणले २० युनिटसम्मको बिजुली निःशुल्क उपलब्ध गराउने र कृषि सिँचाइमा प्रयोग हुने विद्युत्मा सहुलियत दिने निर्णय गरेको जानकारी गराउँदै उनले सो निर्णय कार्यान्वयन भएसँगै जनताले राहत पाउने विश्वास व्यक्त गरिन् । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा ऊर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै त्यसका लागि थप सहयोग गर्न नगरपालिका तयार रहेको बताइन् ।

नेपालका लागि फ्रान्सका राजदूत जिल्लेस बोउडाओले केन्द्रको स्थापनासँगै रोजगारी सिर्जना र सीप विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डन बोस्को इन्स्टिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत पुग्ने बताए ।

नेपाल डन बोस्को सोसाइटीका अध्यक्ष फादर अगष्टीले नेपालका ग्रामीण क्षेत्रमा जनशक्ति कम भइरहेको अवस्थामा केन्द्रमा उत्पादित जनशक्तिले गाउँशहरसम्म सेवा दिने बताए । उनले ऊर्जा क्षेत्रमा हरेक किसिमका जनशक्ति उत्पादन गर्ने विश्वास दिलाए । स्नाइडर इलेक्ट्रिक फाउन्डेशनका कार्यकारी प्रमुख अनिल चौधरीले ऊर्जाको उपयोग आधारभूत अधिकार भएको बताउँदै केन्द्रको स्थापनापछि दक्ष जनशक्ति उत्पादन हुनुका साथै देशमा व्यावसायिक सीप विकास हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस