६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मासु पसललाई गुणस्तरमा ध्यान दिन आग्रह

अ+ अ-

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । मङ्गलबार काठमाडौँ उपत्यकाका मासु व्यवसायीसँग विभागले छलफल गर्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएको हो ।

छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य तोक्दै आग्रह गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए । उनका अनुसार विभागले गरेको आग्रहमा मासु व्यवसायी सहमत भएर फूलपातीको दिनबाट खसीको मासुको मूल्य तोक्ने जनाएका थिए ।

यस्तै, कुखुराको मासु व्यवसायीले दसैंमा तीन सयभन्दा बढी मूल्य नबढाउने जनाएका थिए । राष्ट्रिय मासु व्यवसायी सङ्घका अध्यक्ष रमेश खड्कीले विभागमा भएको छलफलका आधारमा मासुको मूल्य तोक्ने तयारी भएको जानकारी दिए ।

विभागले पहिलो पटक यसवर्षको चाडपर्वलाई ध्यानमा राख्दै उपत्यकामा सञ्चालित मासु पसलसँगै मार्टलाई दसैंका लागि सहुलियत रुपमा खाद्यान्न सामग्रीको बिक्री वितरण गर्न आग्रह गरेको छ । विभागले नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घलाई आफ्ना सदस्य व्यवसायीलाई चाडपर्वमा सहुलियत रुपमा सामग्रीको बिक्री वितरण गर्न अनुरोध गरेको जनाएको छ ।

यसअघि नै विभागले तीन ठूला मार्टलाई आफ्ना बिक्री केन्द्रबाट चाडपर्वमा सहुलियत दरमा खाद्य पदार्थकोे बिक्री वितरण गर्न अनुरोध गरेको छ । विभागमा सोमबार भएको छलफलमा भाटभटेनी, सेल्सबेरी, बिगमार्टलगायतका मार्टलाई सहुलियत रुपमा खाद्य पदार्थको बिक्री वितरण गर्न आग्रह गरेको हो ।

‘सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै अन्य समयको तुलनामा चाडपर्वमा केही सहुलियत दिन हामीले आग्रह गरेका थियौ, छलफलमा सहभागी मार्टका सञ्चालकले व्यानरसहित छुट दिन सहमत हुनुभयो’, प्रवक्ता सेढाइँले भने ।

उपत्यकामा बिगमार्टको ५७, सेल्सबेरीको २६ र भाटभटेनीको देशभर १९ वटा बिक्री काउन्टर सञ्चालनमा छन् । विभागले चार्डपर्वमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै तीव्र रुपमा बजार अनुगमनसँगै सरोकारबाला निकायसँग छलफल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस