८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा ४५ वर्षमाथिकालाई खोप लगाइने

अ+ अ-

देउखुरी । दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । यही असोज ८, ९ र १० गते दशवटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही, लमही, राप्ती, गढवा, बङ्गलाचुली र राजपुरमा असोज ८ र ९ गते खोप लगाइने छ । यस्तै तुलसीपुर, शान्तिनगर, बबई र दङ्गीशरणमा यही असोज ९ र १० गते खोप लगाउने निर्णय भएको कार्यालय प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए । घोराहीमा आठ हजार ८८१, तुलसीपुरमा सात हजार ९८८, लमहीमा दुई हजार ६८७, बङ्गलाचुलीमा एक हजार ३२३, बबईमा एक हजार ५११, दङ्गीशरणमा एक हजार १९७, गढवामा दुई हजार १५८, राजपुरमा एक हजार ३८२, राप्तीमा दुई हजार २८८ तथा शान्तिनगरमा एक हजार ४०६ जनालाई खोप लगाइने उनले बताए ।

‘पैँतालिस ४५ वर्षमाथिका र कक्षा १२ को परीक्षार्थीलाई खोप लगाइने छ’, शाहीले भने । आगामी कात्तिक ५ र ६ गते कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने जिल्ला कोरोना खोप समन्वय समिति तथा अनुगमन समितिले निर्णय गरेको छ ।

जिल्लामा हालसम्म एक लाख ३० हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोभिसिल्ड र एष्ट्राजेनेका ४० हजार ९२८, भेरोसेल ५५ हजार २४१ तथा जोन्सन एण्ड जोन्सन खोप ३४ हजार नागरिकलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका श्रोतव्यक्ति कमल चन्दले जानकारी दिए ।

जिल्लामा गत वर्ष फागुनको अन्तिम सातादेखि सुरु भएको खोप अभियानअन्तर्गत विभिन्न चरणमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधिसहित ५० वर्षमाथि उमेर समूहकालाई खोप लगाइसकिएको छ । कक्षा १२ र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई समेत कोरोनाविरुद्धको खोप लगाइको छ । सो क्रममा छुटेका विद्यार्थीलाई खोप लगाइने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस