भारतबाट छिट्टै कोभिसिल्ड खोप आउने « प्रशासन
Logo १६ असार २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भारतबाट छिट्टै कोभिसिल्ड खोप आउने


९ आश्विन २०७८, शनिबार


काठमाडौँ । नेपालले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपको थप १० लाख मात्रा केही समयमै प्राप्त हुने भएको छ ।

भारतमा कोरोना महामारी फैलिएपछि गत अप्रिल महिनादेखि नै अन्य देशमा खोप निर्यात रोकेको थियो । भारत सरकारले खोप निर्यातमा लागेको प्रतिबन्ध अक्टोबरबाट हट्ने जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिसिल्ड खोप आउने मिति नतोकिए पनि खोप आउने पक्का भएको जानकारी दिँदै भने, ‘अब छिट्टै खोप आउने जानकारी प्राप्त भएको छ । ‘

विश्वकै सबभन्दा ठुलो खोप निर्मातामध्येको भारतले कोभिडविरुद्धको कोभिसिल्ड खोप अन्य देशमा लैजान रोक लगाएपछि नेपाल लगायतका अन्य विकासोन्मुख देशलाई कोभिसिल्डको दोस्रो खोप लगाउन समस्या भएको थियो ।

१० लाख खोप खरिदका लागि नेपालले पहिल्यै भुक्तानी दिए पनि भारतले खोप दिन सकेको थिएन । भारतीय स्वास्थ्यमन्त्री मनसुख मांडवियाले भारतले विश्वलाई खोपमा मद्दत गर्ने र कोभ्याक्सअन्तर्गतको जिम्मेवारी बहन गर्ने बताएका थिए ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिसिल्ड खोप ९२ वटा न्यून आय भएका मुलुकमा कोभ्याक्समार्फत वितरण गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आगामी अक्टोबरभित्र खोप आउने सम्भावना रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस