१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुहागरातको उपहार

अ+ अ-

निरुपा आज मख्ख छे । उ मात्रै कहाँ हो र उस्को लोग्नेप्रसन्न पनि औधि खुशी छ उस्को नाम प्रसन्नजस्तै । कारणउनीहरु दुवैको प्रेमको जीत भएको दिन । हुन पनि उनीहरुले मायामा विजय पाउन कम्ता संघर्ष गरिरहनुपरेथ्यो !

करिव २ वर्षदेखिको प्रेम सम्बन्धलाईटुटाउनदुवै तर्फका घरपरिवार हरदम लागेका थिए । अन्ततः प्रसन्नलेएकतर्फी भएनि मनाउन सक्यो । केही घुर्की लगाएर ।कहिले फकाएर,कहिले घर छाडी हिंड्ने धम्की लगाएर ।कहिले उस्को हुन नसके यो संसारबाटै विदा हुनेअप्रिय निर्णय सुनाएर ।

आखिर बाउआमाको मन नै हो । कुनचाहिं बाउआमाले आफ्नो सन्तानलाई हत्पति गुमाउन चाहला र ? प्रसन्नको प्रेम प्रसंगमा पनि यस्तै भयो । अन्यमा छोराको मुर्याुनई र कुनै अप्रिय घटनाले ठाउँ लिने हो कि भन्ने डरले उस्को घुर्कीले जित्ने मौका पाएको ।

थापा काजी खानदानको एक्लो छोरा उः। त्यसैले उसँग सम्बन्ध जोड्न त्यस्तै ठुलठुला घरबाट कुरा आईरहन्थ्यो । बाबु आमाको पनि रहर थियो होला- राम्रो कुल घरमा हुर्केकी संस्कारी र एक सुभाषिली कन्यालाई बुहारी बनाएर भित्र्याउने ।घरको तालाचावी उही बुहारीलाई जिम्मा लगाई व्यावहारिक बनाउने । छोरा बुहारीकोदाम्पत्य सम्बन्ध सुमधुर भएको हेर्न चाहने । यति भएपछि त बुढाबुढीको प्राण जाँदा पनि कुनै गुनासो र योजना रहन्थेन कि !

सायद यस्तै सोच सपना भएका बाबुआमाको इच्छालाई लत्याएर आफु खुशी निर्णय गर्दा प्रसन्नले पछि धोका खान्छ कि, अनि जोरीपारीले कुरा काट्ने आधार बन्छ कि भनी दुखी हुनु पनि स्वभाविकै थियो । राम्रोसँग चिनजान नभएको कन्या, कुल घर र परिवार सबै को हो, के होरु भन्ने अन्यौलभैरहेको अवस्थामा एकैचोटी बुहारी मान्न सक्नु त्यति सहज पनि तथिएन । त्यसैले थापा दम्पतीलेधेरै नै सम्झाईरहे, बुझाईरहे तैपनि अन्त्यमा केही सीप नलागेपछि र जवानीको आवेगमा आएको छोराले एकोहोरो अडान लिएपछि उनीहरु सन्तानको खुशीको लागिआफ्नो खुशीलाई तिलान्जली दिन बाध्य भएका थिए ।

प्रसन्न र निरुपाको बिहेको दिन । घरमा विधिपूर्वक भित्र्याईसकेपछि सजावट गरिएको कोठा-चारैतिर झुण्ड्याइएको रङ्गीन बेलुन, बिभिन्न फूलका गुच्छाहरुर ध्वजापताले झकिझकाउ भएको कोठामा रङ्गीबिरङ्गी बत्तीको चहकमा आफु दुईजनामात्र पाउँदा थप प्रेमिल वातावरणमा देखिन्छन् ।

एउटा बन्द र सुनसान कोठाभित्र रहेका नवविवाहित जोडीहरु एक अर्काको आलिङ्गनमा बाँधिन पाउँदा जति खुशी देखिन्छन । त्यति प्रफुल्लित चेहरामा उनीहरुको प्रेमको विजयोत्सव भएको भाव स्पष्टै झल्किन्छ ।

एक अर्काको अंकमालमा चुम्बन साटासाट गर्दै रमाईरहेको त्यो रात साँच्चै सुमधुर देखिन्छ । एउटा लामो समय पश्चातको बहुप्रतिक्षित रात १ जो उनीहरुले प्रेम सम्बन्धमा परेपछिकल्पना गरिरहेको रात ।हर कोही कल्पनामा पनि
आनन्दित हुने रात ।

त्यो रात अझै महत्वपूर्ण र जीवनकै एक अविस्मरणीय हुने रात अर्थात सुहागरात पनि ।

सुहागरातको त्यो क्षणमा प्रसन्न खुवै प्रफुल्लित छ, जति निरुपा पनि छे । तर प्रसन्नले मुख खोलेरै त्यो खुशीको साथ र रातको अनुभूति गर्छ ।मारे पाप पाले पुण्य सरी माईतीपक्षका सबै आफ्न्त ईष्टमित्र र जन्म दिने बाबु आमालाई छाडेर एउटा बन्द कोठाभित्र आफुसँग पाउँदा ।

प्रसन्नले जीवनभर साथ दिन आएकी जीवनसाथीको त्याग र समर्पणको खुबै मूल्यांकन गर्छ । केही भावुक बन्छ । उन्को उ प्रतिकोत्याग र समर्पणको निम्ति केही उपहार दिन मन गर्छ ।
निरु । आज म तिमीलाई केही उपहार दिन चाहन्छु । भन के लिन्छौ ? निरुपाको चिउँडो समाउँदै सोध्छ ।

निरुपाले आफ्नो प्रेमले जितेकोमा यो नै ठुलो उपहार भएको र अरु आवश्यक नभएको बताउँछे । तर प्रसन्नले एकोहोरो केही त माग भन्दै निकै करकाप गरिरहन्छ ।
भैगो अहिलेलाई । आवश्यक परेमा त्यति नै बेला मागौंला नि ।

हुन्न ?

निरुपाले प्रसन्नको हात समाउँदै भन्छे ।
तर निरुपाको जवाफप्रति उ सन्तुष्ट हुँदैन । आजको दिन केही न केही त माग भनी फेरी एकोहोरो आग्रह गरिरहन्छ ।

निकै करकाप गरेपछि निरुपाले सुहागरातको एक अमुल्य उपहार स्वरुप केही माग्ने निर्णयमा पुग्छे । अनि उस्लाई झट्ट याद आउँछ उस्ले प्रण गरेको बिहेपछि कत्ति ढिला नगर्ने विवाह दर्ताको ।
अँ‘। साँच्चै दिने हो भने एक चिज माग्छु ल ।
अँ ,हो ! भन न म तयार छु ।

निरुपाले भन्छे–घरभित्र त बुहारीको हैसियत दिनु भो । असल जीवन सङ्गिनीको दर्जा नि दिईसक्नु भो । अब म तपाईको घरमा मात्रै होईन हजुरको थरमा पनि जोडिन चाहन्छु । बाँधिन चाहन्छु ।
प्रसन्न दङ्ग पर्छ केही नबुझेझैंगरी । निरुपाले फेरी स्पष्ट पार्छे ।

अब म हजुरको थर थापा मेरो नामको पछाडि जोड्न चाहन्छु। यानेकि म अब निरुपा शर्मा थापा हुन चाहन्छु ।
त्यसपछि प्रसन्न केही हाँसो निकाल्दै सहमति प्रकट गर्छ।
आज देखि प्रसन्न थापाको श्रीमती,थापा परिवारको बुहारीभैसकेकी हैनौ र ? उस्ले निर्दीषपन देखाउँछ ।

त्यो त भैसकें कि । अब मेरो नागरिकतामा पनि हजुरको नाम र थर थप्न चाहन्छु । हाम्रो माया अझै मजबुत र प्रगाढ बनाउन चाहन्छु । नागरिकता हेर्दा पनि त्यहाँ तपाई देखेको महसुस गर्न सकूँ –तपाई कहिलेकाहीं टाढा हुँदा । उस्ले कुरा राख्छे ।

प्रसन्नले निरुपाले भनेझैं केही दिनपछि गर्ने बाचा गर्छ । जस्लाई नै निरुपाले सुहागरातको एक अमुल्य उपहार सम्झिन्छे ।
त्यो रात दुवैले माया साटासाट गरी सुहागरातलई थप प्रेमिल र अविस्मरणीय बनाउनतर्फ केन्द्रित हुन्छन् । अघिसम्म झिलिमिली बलेका बत्तीहरु सबै निभिसकेका हुन्छन एउटा डिम लाईट बाहेक । त्यतिबेलाउनीहरुको शरीर एकाकार भैसकेको हुन्छ।

बिहेको केही दिनपछि निरुपाले मागेको र प्रसन्नले गरेको बाचा बमोजिम दुवैजना नागरिकताको संशोधित प्रतिलिपिको लागि जिल्ला प्रशासन कार्यालय पुग्छन् । तर त्यहाँबाट सम्बन्धित वडाको सिफारिस सहित आउने भन्ने सुझाव दिइ पठाउँछन् ।
सिफारिसको लागि दुबैजना बसोबास गरिरहेको अर्थात प्रसन्नको स्थायी ठेगाना रहेको वडा कार्यालयमा पुग्छन । उनीहरु पुग्नुअगावै त्यहाँ सेवाग्राहीको लामो लस्कर लागेको हुन्छ ।

गर्मी मौसम त्यसैमाथि सेवाग्राहीको अचाक्ली भीडमा काम गरिरहँदा कर्मचारीहरु असिन पसिन देखिन्छन् । वडा सचिव आफ्नो टेबल अगाडि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन,२०७६ तथा नियमावली,२०७७ र मुलुकी देवानी संहिता,२०७४ को केही थान कितावहरु पालैपालो पल्टाईरहेका हुन्छन् ।

ला ! ऐन नियममा प्रष्ट केही बोलेको छैन । मैले हेरिरहेको देख्नु भा होला । अहिलेलाई म केही गर्न सक्दिन ।ु
वडा सचिवले लामो सुस्केरा तान्दै गाहो महसुस गर्छन ।

त्यहाँ पुगेका कतिपय काम बन्न नसकेर रिसले मुर्मुरिदै निस्कदै गरेका पनि भेटिन्थे । कसैकोबाबु आमाकोपत्तो नभएकोले जन्म दर्ता गर्न समस्या, बाल विवाह, बहुविवाह, हाडनाता करणीर सामुहिक करणीबाट जायजन्म भएकाको विवाह दर्ता र जन्म दर्ताका विषयमा जटिलता उत्पन्न । यस्तै यस्तै समस्याका केशहरु भैरहेको देखिन्थ्यो । त्यहाँ भएकाहरु आ-आफ्ना समस्याको समाधानार्थ बहस गरिरहेका थिए । जन्म दर्ताको सवालमा त विवाह दर्ता नहुने अवस्थामा पनि गर्न सकिन्छ भन्दै वडा सचिवले केही सान्त्वना पनि दिइरहेका थिए ।

हुन पनि प्रचलित कानूनको उल्लंघन गरी बिहे गर्नेबाट जन्मिएका ति अवोध शिशुको के दोष । बुबाआमाले गरेको गल्तीको सजायको भागीदार बच्चाहरुलाई बनाउनु पनि भएन नि । तिनीहरुको नैसर्गिक अधिकारको पनि सवाल छ ।

सायद यस्तै कुराको बोध भएर पनि वडा सचिवले जन्मदर्ता गर्न मिल्ने भनी ढाडस दिएका होलान् ।
पालो कुरेर बसेका प्रसन्न र निरुपा फरक फरक खालका समस्याहरु सुनिरहेका थिए ।यसै क्रममा निरुपाको ध्यान बेग्लै विषयमा तानिन्छ । जहाँ विवाहित बताउने एकजना महिला विवाह दर्ता नहुँदै श्रीमान बेपत्ता भएको, उस्को घर ठेगाना केही पनि पत्तै नलागेकोले विवाह दर्ता गराउन समस्या रहेको । उसकै गर्भ रही जन्म भएकी छोरीको जन्मदर्ता गराउन झनै समस्या भएको भनी बारम्बार वडा कार्यालयमा धाइरहँदा पनि काम नभएको भनी गुनासो पोखिरहेकी थिइन् । त्यहाँका कर्मचारीले श्रीमान् बेपत्ता भएको पुष्टी हुने खालको प्रहरी प्रतिवेदन आए मात्रै मुचुल्काको आधारमा आमाले जन्म दर्ता गर्न पाउने भनी सुझाव दिइरहेका थिए । तर उन्लाई प्रहरीबाट मुचुल्का ल्याउनै मुस्किल परिरहेको बताइरहेकी थिईन ।

त्यो सुनिरहँदा निरुपाले त्यो महिलामा आफ्नो आमालाई देख्छे, उस्की छोरीको पीडा आफ्नै भएको सम्झिन्छे ।क्षणभरमै भावुक बन्छे मन भक्कानिन थाल्छ। उस्लाई उस्की आमाले उस्को जन्मदर्ता गराउँदा कति दुख पाएकी रहिछन् भन्ने कुराको समेत वास्तविक बोध हुन थाल्छ । मनमनले ति अन्टीको निवेदन चाँडै सनुवाई होस् भन्ने चाहना राख्छे । सायद आफ्नो जस्तै समस्या भएकोले होला निरुपालाई उनी प्रति दया र सद्भाव पलाएको ।

गहभरि टिलपिलाईरहेका आँसु लुकाउन अगाडिको भित्तातर्फ नजर डुलाउँछे । घटनादर्ता सम्बन्धी सन्देशमूलक केही पंक्तिहरुमा टक्क रोकिन्छे,अनि मनमनै पढ्न थाल्छे,

नलजाई बोल्छन् क्यारे,नयाँ बेहुला बेहुली अहिले
सल्लाह पनि गरिहालौँ, विवाह दर्ता गर्ने कहिले
हनिमुन जानु पहिले, दर्ता गरी हुनु ढुक्क
पछि गाह्रो हुँदा खेरी,पार्नसक्छ यस्ले दुख
आफ्नो मान्छे भन्ने सधैं, आफ्नो बनी आउँछ आउन्न
नाता खुल्ने हुन्न केही, अधिकार नि पाउँदे पाउँन्न
दर्ता गर्न दुबै जना,कि त ल्याउनु वारेसनामा
दुतावासको सिफारिस,भए कोहीविदेशमा
दर्ता विहा गरी आउनु, विदेशीसँ विवाह भए
शुल्क लाउन्न, बिहे भको ३५ दिन भित्र आए ।

पढिसकेपछि महसुस गर्छेधैरैको जीवनमा मेल खाने र सन्देशमूलक भएको ।
निरु पालो आयो आउ भन्ने प्रसन्नको बोलीसँगै झस्किन्छे उ । अनि लम्किन्छे निवेदन पेश गर्न प्रसन्नको पछि पछि ।
वडा कार्यालयमा सिफारिस दिनुअघि विवाह दर्ता गर्नुपर्ने बताईन्छ ।त्यसपछि दुवै जना उपस्थिति भएसँगै बिहे दर्ता गराईन्छ । जव बिहे दर्ता गर्ने क्रममा बाबुको र बाजेको नाम सोधनी हुन्छ तब निरुपा भावुक बन्छे । मौन रहन्छे ।

निवेदनसाथ पेश गर्ने नागरिकताको प्रतिलिपि सक्कलै नागरिकता हेरेर विवाह दर्ता त गरिन्छ । तर बाबुको नामको महलमा ठेगान नभएकोर थाहा नभएको भन्ने शब्द राख्दा निरुपा दुखी हुन्छे ,विगतको खाता लाएको घाउ पुन कोट्टिएकोमा । अझ बढी झड्का लाएजस्तो महसुस गर्छ प्रसन्न,जुन उस्ले कल्पना सम्म गरेको हुँदैन । किनकीनिरुपाको बाबुको बारेमा यसअघिन उस्लाई निरुपाले बताएकी थिई न त उस्ले नै यस अघि चासो राखेर सोधेको नै थियो।

त्यहाँबाट लगेको सिफारिसको आधारमा नागरिकताको प्रतिलिपि जारी हुन्छ । निरुपाको नागरिकतामा प्रसन्नको नाम थर जोडिन्छ । विगतको घाउले चस्काउँदा निरुपा केही खुशी भए तापनि पहिले जति खुशी देखिदैन ।

वडा कार्यालयमा कार्यरत धेरैजसो कर्मचारी त्यहाँका स्थानीय भएकाले प्रसन्नलाई राम्ररी चिनेका हुन्छन । निरुपाको बुबाको ठेगान नभएको भन्ने विषयले ठुलै चर्चा पाउँछ । यताउति छरछिमेक टोलतिर बिस्तारै गाईगुँइ चल्न थाल्छ ।
कस्ताकी छोरी विहे गर्यो कुन्निरु त्यसको बाउचाँहिले मेरो भदैनिको कुरा ल्याउँदा दाजुभाइ नभको, त्यस्तोमा बिहे नगर्ने भनेथ्यो ।
बुढाबुढीको शेखपछि ससुराल कहाँ जाने, बच्चा बच्चीले मावली भने कहाँ देखाउने रु भन्दै खुवै तौलिएर छाडेथे । अहिले त खुवै राम्रो घर फेला पारेछन् त ।

छिमेकका मान्छेहरुले यसरी थापा काजीका परिवारमा खुच्चिङ गर्न थाल्छन् ।
समयको प्रवाहसँगै आफुखुशी बिबाह गरेका कारण शुरुमा मन नपरेको बुहारीलाई बिस्तारै मन पराउन थालेका हुन्छन । फेरी यो घटनाले तरङ्ग ल्याईदिने हो कि भन्ने डरमा छे निरुपा ।

समय बित्दै जान्छ ।

निरुपालाई सासुससुराले हेर्ने दृष्टिकोणमा केहीफरक आएजस्तो महसुस गर्छे ।प्रसन्नले पनि त्यस दिनदेखित्यति वास्ता नगरेको हो कि झैं ठान्छे ।
यो पालि उस्लाई खुबयाद आउँछ उ बेला आमाले भनेका कुराको ।

बिहे गर्ने सुरसारमा पुगेका प्रसन्न र निरुपा दुबै घरमा कुरा गर्दै थिए । निरुपाको आमा एकपटक झसंगभएकी थिइन । अनि आफ्नो हविगत सम्झिदै छोरीलाई राम्रोसँग सम्झाएकी पनि थिईन। उस्का बाबु विदेश गएको भन्ने कुरा पनि झुट्टा रहेको बताएकी थिइन । बरु त्यस बखत छोरी ठुली भैसकेको ठानी पीडादायी जीवनको वास्तविक कहानी सुनाएकी थिइन् । जुन कुरा उन्लेत्यतिन्जेलसम्म छोरीलाई बताएकी थिइनन् ।
सामान्य चिनजानसँगै बढ्दै गइरहेको प्रेमलाई सफल पार्न एकजना धनाढ्य व्यक्तिसँगै बिहे भएको थियो ।निरुपाकीआमालाई बुहारीको रुपमा भित्र्याउन घरमा नमानेपछि उस्को बाबुले यतै शहरतिर कोठामा राखेका थिए । एकआपसमा दुखसुख गर्दै खुशीसाथ बसिरहेकै अवस्थामा एकदिन उत्यो शहरबाट एकाएक हराएका थिए -मरे बाँचेको अत्तोपत्तो नभइ ।

त्यसपछि शुरु भएका थिए उन्का जीवनमा–कहालीलाग्दा क्षणहरु । न घर, न थर र ठेगाना नै थाहा थियो उस्को बारेमा । केवल बोलाउने नाम मात्रैथाहा थियो ।

त्यो पनि सही थियो वा थिएन त्यसको कुनै पुष्टी हुने कागजात उसँग थिएन ।अनि त उ आफै घर न घाटको जस्तै हुन पुगेकी ।धोखा खाई जीवनदेखीहार भएकी उनी यो संसारबाट बिदा लिने कुरा दिमागमा खेल्दा पेटमा बढ्दै गएकोबच्चाको मायाले जसोतसो बाँच्ने निर्णय गरेको भन्ने कुरा बताएकी थिइन् ।

आफुले भोगेका ती तीता क्षणहरु छोरीलाई सुनाउँदा एकोहोरो मुन्टो हल्लाइरहेकी थिइ तर बोलेकी चाहिँ थिइन । अनि आफ्नो निर्णयबाट पछि हट्नै कुनै छाँटकाँट पनि देखाएकी थिइन निरुपाले ।त्यसको केही महिनापछि आफुखुशी बिहे गर्न पुगेका थिए ।
तहाँ उप्रान्त आमादेखिटाढा रहेकी छेउ बिना कुनै भेटघाट अहिलेसम्म ।

मनमनै धिक्कार्छे उ-हे भगवान १ कस्तो पितृसत्तात्मक व्यवस्था । हिजो मेरी आमाको के गल्ती थियो यस्मा र त्यसको सजाय दिन्छौ ? मलाई मेरो आमाले विश्वास गरेर माया गर्दा धोका दिएर जान्छन् भने मेरी आमाको के दोष ?

एउटा निर्दोष महिलालाई त्यस्तो अवस्थामा छाडेर जानेको कुनै गल्ती नै छैन ? के उ पुरुष र मेरी आमा महिला भएकै कारण मेरी आमाले मात्रै त्यति अपमान सहनुपरेको हो रु घरजम गर्ने उमेरमा कोही कसैको सहारा खोज्दा कसैले धोका दिन्छ त त्यसमा मेरी आमाकोमात्रै के दोष रु

सक्छउ भने विश्वासमा सबै कुरा समर्पण गर्दा धोका दिने पुरुषलाई किन कारवाही गर्न सक्दैनौ ?
केवल मेरी आमालाई मात्रै लाञ्छना लगाउँदै चरित्रहीनको संज्ञा दिँदा त्यसमा पुरुषको चरित्रमाथिप्रश्न उठ्ने ठाँउ नदेख्ने त्यो समाज वास्तवमै अन्धो हो । जुन मेरी आमालाई मात्र दोषी देखाईन्छ । एउटी अवला नारीलाई अझै कम्जोरी बनाउँदा पुरुषार्थ देखाउने यो समाजप्रति धिक्कार छ ।
त्यो बेला आमाले सहनुपरेको र भोग्नुपरेको पीडाको कल्पना मात्रै गर्दा पनि उ झस्किन्छे । उस्लाई एकपटक फेरी आमाको ‍औधी याद आँउछ ।
आमालाई सम्झेर पिलपिल गर्छे ।आमाले गरेको त्याग र समर्पणलाई गर्वसाथ सलाम गर्छे ।

यस्तो अवस्थामा बिना बाबुको छोरी भनेर कति लाञ्छना लगाउँदै छिछि र दुरदुर गर्दा अझ मेरी आमालाई कस्तो भए होला ।
वाह आमा ! तिमीसाँच्चै महान् छौ । आफ्नो चरित्रमा जतिसुकै धब्बा र चरित्रहीन नारीको पगरी लगाँउदा सम्म पनि तिम्ले कहिल्यै भ्रुणहत्या गरेर आफ्नो मातृत्वलाई डगमगाउन दिईनौ । बरु लाञ्छना सह्यौ र असहाय जस्तैबन्यौ तर मलाई अस्तित्व बिहीन बनाउन चाहिनौ । कतै मलाई तिम्ले जीवनको सहारा पो मानेकी थिएउ कि ?

निरुपा थकित देखिन्छे ।बिस्तारै शयन कक्षतिर छिरेकी उ बिस्तारामै पल्टिन्छे ।
उस्लाई घरमा छि छि,दुर दुर गर्छन अनि सासु ससुरा सबैले हेला गर्न शुरु गर्छन ।
किन हतारिएर विवाह दर्ता गरेकोु भन्दै आमाले प्रसन्नलाई हकार्छिन ।

नत्र त यस्लाई जताबाट आएकी हो उतै पुराउन हुन्थ्यो नि । अब त कागजले माथि परिसकी । अब त बिना अंश यस्लाई कसरी खेद्नेरु तै पनि केही उपाय हेर्छु म पनि ।
सासु आमा बम्किन्छिन् ।

घरमा मानसिक यातनाभइरहने डरले निरुपाबरु भागेरै आमासँगै जाने निर्णय गर्छे ।
आखिर आमा भनेको जे भएनि विशाल छहारी नै हुन् क्यारे । हिजो मैले उन्लाई धोखा दिएनि मेरो लागि मनको दैलो पक्कै खुलै छ ।
निरुपा आमालाई भेट्नमाइत जान्छे ।

त्यस बखत उ दुइ जीउकी भैसकेकी हुन्छे। लामो समय पश्चात् छोरी भेट्दा खुशी देखिन्छिन् ।तापनि उस्लाईदुइ जीउको देख्दा उस्की आमाले आफुले परेको समस्या झलक्क सम्झेसँगै दुखी बन्छिन् ।
अनि गुनासो गर्छिन् -कतै उस्को पेटको बच्चा पनि पछि बिना बाबुको जस्तै बन्छ कि बाबुले अस्वीकार गरिहाले भने ।
तर निरुपाले आमाको जीन्दगीमा घटेको घटनाले पाठ सिकाउँदा त्यो अवस्थाबाट परै रहने बताउँछे ।
अँह! म त यसको अधिकारको लागिअन्तिम सास रहेसम्म पनि लडिरहनेछु ।
तर कसरी ? आमाले सशंकित हुँदै सोध्छिन् ।

म पनि भन्थेंतेरो जन्मदर्ता अनि नागरिकता बनाउँनु अघि त ।
निरुपाले विवाह दर्ता प्रमाणपत्र र नागरिकता देखाएपछिअचम्मित हुन्छिन् ।
कति समझदार घरपरिवार रहेछन । आफै बुझेर गरिदिने ।आमा हर्षित मुद्रामा बोल्छिन् ।
कहाँ हुनु नि आमा मैले हजुरको घटनाबाट पाठ सिकेर नि ।
आमा ट्वाल्ल पर्छिन् ।

उस्ले सबै कुरा बेलिबस्तार लगाउँछे-सुहागरातको उपहार भन्दै ।

सबै छोरीहरु मेरो छोरी झैंबेलैमा सचेत भए त यस्तो समस्याआउने थिएन कि ?
निरुपाकी आमा मनमनै भन्छिन् ।
आमा छोरी कुरा गरिरहेका बेला निरुपा ! निरुपा ! भन्ने आवाजले झसङ्ग हुन्छेउ ।

अनि झल्यास् ब्युझिन्छे निद्राबाट ।
अहो कस्तो नराम्रो सपना !
झट्ट तल आउ त ।
सासु आमाले बोलाईरहेकी हुन्छिन् ।

उ भारी मन बनाउँदै सासु आमा भएतिर लम्किन्छे-मनमा अनेक थरी कुराहरु खेलाउँदै ‘‘।।।

प्रतिक्रिया दिनुहोस