७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पामा तोकियो निर्वाचन अधिकृत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेसँगै निर्वाचन समितिले डोल्पाका लागि मात्र निर्वाचन अधिकृत तोकेको छ । समितिले अरू चार जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम तत्कालका लागि स्थगन गरेको छ ।

केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार डोल्पाका लागि चन्द्रप्रसाद लुइँटेल अधिकृतको रूपमा चयन भएका छन् । अधिकृत लुइँटेल अधिवेशनका लागि आवश्यक सामाग्री केन्द्रीय निर्वाचन समितिबाट बुझेर जिल्ला प्रस्थान गरेका छन् ।

अरू चार जिल्लामा भने तत्काल निर्वाचन अधिकृत नतोकिने सचिव श्रेष्ठले बताए । आठ जिल्लाको क्रियाशील सूची प्राप्त भएपछि मात्र सबै जिल्ला निर्वाचन अधिकृत तोक्ने निर्वाचन समितिले तयारी गरेको छ ।

‘अब एकसाथ बाँकी रहेका जिल्लाहरूको निर्वाचन अधिकृत तोक्ने तयारी हाम्रो छ, त्यसका लागि सूची पर्खेर बसेका छौँ,’ श्रेष्ठले भने ।

क्रियाशील विवाद समाधान समिति कार्यदलका सदस्य योगेन्द्र चौधरीका अनुसार आज कैलालीको सदस्यता सार्वजनिक गर्ने तयारी भइरहेको छ । आजै २ नम्बर प्रदेशका केही जिल्लाहरूको पनि सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘आज एक–दुई जिल्लाको सार्वजनिक होला, भोलिसम्म सार्वजनिक गरिसक्ने हाम्रो तयारी छ,’ चौधरीले भने ।

यसअघि, शनिबार पार्टीले पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । बाँके, डोल्पा, सुर्खेत, महोत्तरी र सिरहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरिएको हो ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । समितिले बाँकी आठ जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याउने काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस