८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाक्यद्वारा बागमतीलाई साक्षर प्रदेश घोषणा

अ+ अ-

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन्।

उनले भनिन्, ‘साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्छ । प्रदेशमा शिक्षाको ज्योतिलाई सबैतिर फैलाउनुपर्छ ।’ उनले हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी दिनमा भने स्थानीय तह, जिल्ला समन्वय समिति समन्वय गरी प्रदेशलाई पूर्ण रुपमा साक्षर बनाउने बताइन् ।

उनले विगतमा बेलुकाको समयमा मात्र प्रौढकक्षा पढ्नुपर्ने महिलाको बाध्यता भए पनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने बताइन् । जिल्लास्तरका सबै निकाय साक्षर अभियानमा लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाक्यले घोषणाको काम सकिए पनि यसको कार्यान्वयन गर्न लाग्नुपर्ने उल्लेख गरे ।

प्रदेशका १५ देखि ६० वर्षबीचका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भइसकेकाले एउटा सन्देश प्रवाह गर्न बागमतीलाई साक्षर प्रदेश घोषणा गरिएको प्रदेश शिक्षा निर्देशनालय बागमती प्रदेश हेटौँडाका निर्देशन चन्द्रप्रसाद लुइँटेलले जानकारी दिए । उनका अनुसार अब भने १५ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकहरूलाई पनि साक्षर बनाउने कार्यलाई तीव्रताका साथ पहल गरिनेछ । प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, सचिव, मन्त्रालय र निर्देशनालयका कर्मचारीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस