६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीसीटीएसमा नम्बर उल्लेख नभएको ट्याक्टर विराटनगरबाट नियन्त्रण

अ+ अ-

विराटनगर । भन्सार कार्यालय विराटनगरबाट जाँच पास गराएर निस्किएको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट नियन्त्रणमा लिएको छ।

भीसीटीएस (भेहिकल एन्ड कनसाइनमेन्ट ट्रयाकिङ सिस्टम) मा ट्याक्टरको नम्बर उल्लेख नभएको पाइएपछि चालक भारत जोगवनीका ३२ वर्षीय पंकज यादवसहित ट्याक्टर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए।

पौडेलका अनुसार ३४ लाख मूल्य बराबरको कपडा लोड भएको बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टरलाई चालकसहित नियन्त्रणमा लिएर हिजो (बुधवार) साँझ आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ। सशस्त्र प्रहरीकै गाडीले स्कर्टिङ गरेर ट्याक्टर इटहरी पुर्‍याइएको थियो।

भीसीटीएस एउटा अनलाइन प्रणाली हो। यसको नियम अनुसार महालबाहक सवारी साधन एक ठाउँबाट अर्को ठाउँमा सामान लिएर जाँदा बिलमा भएका सामानको परिणाम, मूल्य, गाडी नम्बर, चालकको नामलगायतका सबै विवरण खुलाएर अनलाइन सिस्टममा उल्लेख गरेको हुनुपर्छ। भीसीटीएस प्रणालीअन्तर्गत अनलाइनमा ‘इन्ट्री’ नगरेमा त्यस्ता मालबहाक सवारी साधनलाई कारबाही गर्ने गरिएको छ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काले सशस्त्रले बुझाएको ट्याक्टरको नम्बर भीसीटीएस प्रणालीमा उल्लेख नभएको बताए। उनका अनुसार सामानको मूल्य, प्रकार, पान नम्बर, क्रेता र बिक्रेता फर्म, चालकको नाम भीसीटीएसमा उल्लेख छ।

तर ट्याक्टरको नम्बर उल्लेख नगरिएको पाइएपछि आवश्यक अनुसन्धान सुरु गरिएको खड्काले बताए। ‘भन्सार जाँच पासपछि कपडा लिएर निस्किएको ट्याक्टरको प्रज्ञापन पत्रमा उल्लेख भएको गाडी नम्बर भीसीटीएसमा उल्लेख रहेनछ,’ उनले भने, ‘आवश्यक अनुसन्धान सुरु गर्दै सामान गणना गर्ने काम भइरहेको छ।’ अनुसन्धानका क्रममा कुनै कैफियत भेटिएमा कारबाही अघि बढाइने जानकारी खड्काले दिए।

प्रतिक्रिया दिनुहोस