१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वदलीय बैठकको निष्कर्ष : एमाले संसदप्रति जिम्मेवार नबनी संवादबाट भाग्यो

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संवादबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ।

बैठकपछि सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल उपस्थित भएन। उहाँहरूले संसद् अवरोध गरिराख्नुभएको थियो। उहाँहरूसँग संवाद गर्नको लागि सभामुख र प्रधानमन्त्री दुवैको बैठकमा अनुपस्थित हुनुभयो। उहाँहरू संवाद र वार्ताबाट भाग्न खोज्नुभयो। यो मुलुकको आवश्यकताभन्दा भिन्न कुरा हो।’

प्रधानमन्त्री देउवाले एमालेलाई संवादमा ल्याउनको लागि फेरि बैठकको आमन्त्रण गरेर कुरा गर्ने बताएको उनले बताए।

‘संसदलाई मर्यादित ढङ्गले अगाडि बढाउने एमाले र पूर्व-प्रधानमन्त्रीले सकारात्मक भूमिका खेल्नुपर्छ। हामीले आजको बैठकले त्यही आग्रह गरेका छौँ’ उनले भने।

हाल प्रतिनिधिसभा ३३ वटा नेपाली जनताको दैनिक आवश्यकतासँग जोडिएको विधेयक विचाराधीन अवस्थामा थन्किएको समेत बताए। यस्तै, राष्टियसभामा २७ वटा विधेयक छन्।

मन्त्री कार्कीले भने, संसद् बैठक आवश्यक छ। त्यसैले उहाँहरूको उपस्थितको विश्वास गरेका छौँ।’ मन्त्री कार्कीले संसद् अधिवेशन अन्त्य गर्नेबारे नसोचेको समेत प्रस्ट पारे। ‘हामी अधिवेशन अन्त्य गर्नेबारे सोचेको छैनौँ। संसदलाई मर्यादित रूपमा अगाडि बढाउन चाहन्छौँ’ उनको भनाइ छ।

एमाले बहिष्कार गरेको बैठकमा गतिरोध अन्त्य र अन्य समसामयिक विषयमा छलफल गर्नका लागि देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र राजेन्द्र पाण्डे सहभागी थिए।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनता समाजवादी पार्टी ९जसपा०का नेता राजेन्द्र श्रेष्ठ, जनमोर्चाका दुर्गा पौडेल र नेमकिपाका नेता प्रेम सुवाललगायत बैठकमा सहभागी थिए।

एमाले अध्यक्ष ओलीले भने सर्वदलीय बैठकमा गएनन्। उनी यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि गएका थिएनन्। एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर भदौ २३ गतेदेखि निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। ​

प्रतिक्रिया दिनुहोस