५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमै जिन सिक्वेन्सिङ परीक्षण सुरु

अ+ अ-

काठमाडौँ। कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ ।

यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले नेपालमै जिन सिक्वेन्सिङ सुरु भएको जानकारी दिइन्।

उनले यसअघि जिन सिक्वेन्सिङ पत्ता लगाउन नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनको पहलमा विदेशमा पठाउनु परेको जानकारी दिइन् । डा. झाले अब नेपालमै कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने जानकारी दिँदै प्रयोगशालाले जिन सिक्वेन्सिङ सुरु गरिसकेको बताइन्।

उनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २६ नयाँ नमुना जम्मा गरी ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको बताइन् ।

निर्देशक डा. झाले भदौ र असोजमा सङ्कलन भएका सबै नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी पनि दिइन्। जिन सिक्वेन्सिङले कोरोना भाइरसको म्युटेसन पत्ता लगाउँछ ।

डा. झाका अनुसार जिन सिक्वेन्सिङ कोरोनालगायतका भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने एक परीक्षण हो ।

पीसीआर परीक्षणमा कोरोना भाइरसको जिन शरीरमा छ कि छैन जाँच गरिन्छ । त्यस्तै जिन सिक्वेन्सिङमा भाइरसको बनावटका बारेमा अध्ययन गर्ने गरिन्छ । जिन सिक्वेन्सिङ अनुसन्धानका लागि मात्र गर्ने गरिन्छ ।

कोरोना भाइरसले आफ्नो जिनमा साना–साना परिवर्तन गरिरहनुलाई म्युटेसन भनिन्छ । धेरै जस्तो म्युटेसनले कुनै प्रभाव नपार्न सक्छ । कहिलेकाहीँ म्युटेसनले भाइरसमा ठुलो बदलाव ल्याइदिन्छ ।

भाइरस बढी सङ्क्रामक हुन सक्ने, छिट्टै फैलिन सक्ने, उपलब्ध औषधिले काम नगर्ने हुन सक्छ । भाइरसको परिवर्तित स्वरूपलाई नयाँ भेरियन्ट भनिन्छ । त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले एउटा नाम दिन्छ । नयाँ भेरियन्टले विश्व जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना भएमा त्यसलाई भेरियन्ट अफ कन्सर्नको संज्ञा दिइन्छ । डा. झाले सर्वे गर्नका लागि मात्र जिन सिक्वेन्सिङ गर्नुपर्ने भन्दै यो अत्यन्त महँगो हुने भएकोले व्यक्तिपिच्छे परीक्षण गरिरहनुपर्ने जरुरी नरहेको बताइन् ।

डा. झाले हाल नेपालमा कोरोना भाइरसको अल्फा, बिटा, गामा र डेल्टा गरी चार वटा भेरियन्ट रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस