७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङका सीमा क्षेत्रमा उच्च सतर्कता : १५ सय बढी सुरक्षाकर्मी परिचालन

अ+ अ-

काठमाडौँ । चाडपर्वका बेला हुन सक्ने अवैध एवं अवाञ्छित गतिविधि रोक्न मोरङ जिल्लामा उच्च सतर्कता अपनाउँदै सुरक्षा सक्रियता बढाइएको छ ।

भारतसँग सीमा जोडिएका जिल्लाका सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार शान्ति सुव्यवस्था कायम गर्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १५७६ सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

भारतसँग सीमा जोडिएका स्थानलाई प्राथमिकतामा राखेर अनुगमन एवं निरीक्षण थालिएको छ । यस्तै महत्त्वपूर्ण स्थान, बजार क्षेत्र, व्यवसायीक क्षेत्र, औद्योगिक केन्द्रको सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरिएको र चाडपर्वमा विशिष्ट व्यक्तिको पनि जिल्लामा आवागमन हुनसक्ने भएकाले त्यसतर्फ पनि सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

यात्रुहरूका लागि हेल्पडेस्क स्थापना गर्ने, सकेसम्म अनलाइन प्रणालीबाट टिकट वितरण गर्ने व्यवस्था मिलाइएको छ । बसपार्क लगायतका स्थानमा भिडभाड हुन नदिन, यात्रुहरूको सुरक्षा व्यवस्था मिलाउने र लुटपाट हुन नदिन चौबिसै घण्टा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

आपूर्ति प्रणाली सुचारु राख्न जिल्लाका चार वटा नाका सञ्चालनमा ल्याउने निर्णय भएको छ । रानी, रङेली, डाइनिया र मायागञ्जलाई सञ्चालनमा ल्याउने निर्णय भएको हो ।

चाडपर्वका बेलामा हुन सक्ने अवाञ्छित घटनाहरू हुन नदिनका लागि प्रशासनले सहयोगका लागि सबैलाई आह्वान गरेको छ । कुनै घटनाहरू घटेमा तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

चाडपर्व नजिकिँदै जाँदा रोजगारीका लागि भारत गएका नेपाली फर्कने क्रम पनि सुरु भएको छ । योसँगै पर्व मनाउन सामान किनमेलका लागि आवतजावत गर्नेको पनि सीमा नाकामा भिड बढेको छ ।

सिमानाकामा भिडभाड बढेसँगै कोरोनाको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सीमामा हेल्थ डेस्कलाई प्रभावकारी बनाइएको छ । भारतबाट नेपाल प्रवेश गर्नेको एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको छ । कसैलाई कोरोना पोजेटिभ देखिएमा आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको र चाडपर्वमा किनमेल गर्नुपर्ने भएकाले हाटबजार खोल्ने समय बढाइएको छ । बेलुका ८ बजेसम्म सञ्चालनमा हुँदै आएको बजार एक घण्टा थप गरी राती ९ बजेसम्म खोल्न पाउने व्यवस्था मिलाइएको हो ।

यसैगरी यातायात सुचारु गर्ने सम्बन्धमा पनि प्रशासनले यातायात व्यवसायीसँग छलफल गरेको छ । सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्यानिटाइजरको प्रयोग गर्नु पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र दैनिक रूपमा डिस्इन्फेक्सन गर्ने निर्णय भएको छ । कोरोना सङ्क्रमण घटे पनि जोखिम कायमै रहेकाले पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।

यसैगरी, उद्योग कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको छ । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरूमा पनि मास्कको प्रयोग अनिवार्य गरिएको छ । उद्योग व्यवसायी, स्थानीय तह लगायत राजनीतिक नेतृत्वलाई कोरोनाबाट जोगिनका लागि अपनाउनु पर्ने स्वास्थ्य मापदण्डको पालनाका लागि सहयोग र सहजीकरणको लागि अनुरोध गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसँगको कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस