८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिवर्तनका लागि गान्धीको अहिंसा र शान्तिको बाटोको विकल्प छैन : नेता निधि

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले परिवर्तनका लागि महात्मा गान्धीको अहिंसा र शान्तिको बाटोको अरु विकल्प नरहेको बताएका छन् ।

गान्धी जयन्ती एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि शान्ति विषयक कार्यक्रममा उनले विसं २०६२/६३ को आन्दोलन पनि अहिंसा र शान्तिकै बाटोबाट सफल भई देशमा अहिलेको परिवर्तन सम्भव भएको बताए । विसं २०७४ को निर्वाचनमा अहिलेको व्यवस्थाप्रति प्रतिबद्ध नभएका दलले बहुमत पाएकैले देश अहिलेको अवस्थामा पुगेको उल्लेख गर्दै उपसभापति निधिले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी पार्टीको नीति र कार्यक्रम तय हुने जानकारी दिए ।

‘सरकार गठन भएको ८१ दिनसम्म पनि मन्त्रिमण्डलले पूर्णता नपाउनु कांग्रेस, गठबन्धन दल र देशकै लागि चिन्ताको विषय हो, ढिला भयो, अब मन्त्रिमण्डलले छिटो गरी पूर्णता पाउनुपर्छ’, उनले भने । अहिंसा एवं शान्तिका माध्यमबाट भारतमा स्वतन्त्रता, भारतीय सुरक्षा प्रणाली बलियो बनाउन र आर्थिक विकास गर्नसमेत नेपालको सहयोग रहेको उल्लेख गर्दै नेता निधिले भारतबाट पनि त्यस्तै सहयोगको अपेक्षा राखेको बताए ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले विगत तीन वर्षमा संस्थागतरूपमा ठूला भ्रष्टाचार एवं अनियमितताका घटना भएको उल्लेख गर्दै ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, नेपाल ट्रष्टको जग्गा लिज प्रकरण, वाइडबडी, रेल खरिदजस्ता विषयमा छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा समिति गठन गर्न सरकारसँग माग गरे ।

सरकार, पार्टीलगायत संस्थालाई विधिविहीन तरिकाले चलाउनु पनि हिंसा भएको उल्लेख गर्दै उनले कानुनको शासनअनुसार देश चलाए मात्र लोकतान्त्रिक व्यवस्था बलियो हुने बताए । पार्टीको आगामी १४औँ महाधिवेशनले नीति प्रधान दलका रूपमा कांग्रेसलाई स्थापित गर्ने उनको विश्वास थियो ।

पूर्वमन्त्री होमनाथ दाहालले लोकतन्त्र बचाउन सक्ने नेतृत्व पार्टीको १४औँ महाधिवेशनले निर्वाचित गर्ने बताउदै ऐन नबनी रेल किनेर वर्ष दिनसम्ममा त्यसका सबै सामान चोरी हुने अवस्थामा पुर्‍याएको घटनाका विषयमा छानबिन गर्न माग गरे ।

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका अध्यक्ष विनोद भट्टराईले नेपालको वर्तमान प्रणालीले भ्रष्टाचार बढाउनेमात्र काम गरेकाले सांसद विकास कोष, उपभोक्ता समितिका माध्यमबाट हुने कामका विषयमा पुनःविचार गरिनुपर्ने विचार राखे । रु १० मा हुने काम उपभोक्ता समितिले रु ५० मा गरिरहेको उल्लेख गर्दै उनले यसले संस्थागतरूपमा अनियमितता बढ्दै गएर नागरिक असन्तुष्ट हुन थालेको बताए ।

डेमोक्रयाटिक लयर्स एशोसिएशनका महासचिव लक्ष्मी दाहालले गान्धीले अहिंसा, सरलता र स्वतन्त्रता तीन सूत्रमा गरेको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसङ्घले उनको जन्मजयन्तीका अवसरमा २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा घोषणा गरेको बताए । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले स्वतन्त्रता स्थापनाका लागि शान्ति एवं अहिंसाको बाटो नै उपयुक्त भन्ने गान्धीवादी विचारको सान्दर्भिकता आणविक होडबाजीको युगमा पनि उत्तिकै बढेको बताए ।

प्रतिक्रिया दिनुहोस