१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसद्वारा एनआरएन चुनावमा समन्वय गर्न ८ नेतालाई जिम्मेवारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले गैर आवासीय नेपाली सङ्घ एनआरएनएको चुनावका लागि समन्वय र सहयोग गर्न ८ नेतालाई जिम्मेवारी दिएको छ।

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा असोज ७ मा बसेको बैठकको निर्णयअनुसार काँग्रेसले कुल आचार्य नेतृत्वको समूहलाई एनआरएनएमा जिताउन भन्दै समन्वयका लागि ८ नेतालाई जिम्मेवारी दिएको छ।

विदेशस्थित काँग्रेसका जनसम्पर्क समितिहरूलाई आवश्यक समन्वय गर्नका लागि भन्दै नेताहरूलाई जिम्मेवारी दिएको हो।

काँग्रेसले सहमहामन्त्री प्रकाश शरण महत, केन्द्रीय सदस्य गगन थापालाई युरोप क्षेत्र हेर्ने जिम्मेवारी दिएको छ।

एसिया क्षेत्र भने केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशीले हेर्नेछन्।

साथै अमेरिका क्षेत्र हेर्ने जिम्मेवारी केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई दिइएको छ।

केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख रहेका गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मालाई अफ्रिका, मध्यपूर्व क्षेत्र र नेपाली जनसम्पर्क समिति हेर्ने जिम्मेवारी दिइएको छ।

साथै केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई ओसियाना क्षेत्र हेर्ने जिम्मेवारी दिइएको हो। काँग्रेसले एनआरएनएमा आचार्य समूहलाई समर्थन गरेको छ।

प्रतिक्रिया दिनुहोस