५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्जमा महिला उद्यमी राष्ट्रिय सम्मेलन

अ+ अ-

वीरगन्ज । मुलुककै आर्थिक राजधानी भनेर चिनिने वीरगन्जमा आगामी कात्तिक ५ गते पहिलो पटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ ।

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) को आयोजनामा उद्यमशीलतामा नेपाली महिलाको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलो पटक यहाँ सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनबाट महिलामा उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । लेडिजसर्कल नेपालसँगका सहकार्यमा हुने उक्त सम्मेलनमा मुलुकभरका करिब १०० भन्दा बढी सफल महिला उद्यमीको सहभागिता रहने सम्मेलन संयोजक मनिषा सुनुवारले जानकारी दिइन्।

सम्मेलनमा विविध क्षेत्रमा सहभागी महिला उद्यमीको मेहेनत, सङ्घर्ष तथा सफलताका विषय प्रस्तुति रहने लेडिजसर्कल नेपालका निवर्तमान अध्यक्ष रश्मी दासले बताइन् । सम्मेलनमार्फत विभिन्न क्षेत्रमा व्यवसायमा सफल महिला उद्यमीको सफलता, सङ्घर्ष र धैर्यताका अनुभव आदानप्रदान गरिने छ ।

व्यवसायमा स्थापित उद्यमी र स्टार्टअपबीच हुने सम्मेलनबाट सहभागीलाई ज्ञान, सीप, तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको एनवाइइएफ वीरगन्जका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए । उद्यममा महिलाले भोग्नुपरेका समस्यालाई उठान गर्ने र समाधानका उपायमा गहन छलफल गर्नु सम्मेलनको मूल उद्देश्य हो ।

सम्मेलनमा हुने विभिन्न सत्रका विषयवस्तु व्यवसायमा नवप्रवेशीका लागि प्रेरणाको स्रोत बन्न सक्ने दाबी गरिएको छ । सम्मेलनमा सफल उद्यमी र स्टार्टअपहरूबीचको अनुभव साटासाटले व्यवसायको क्रममा आउने समस्यालाई अवसरका रुपमा रुपान्तरण गर्ने दक्षता विकास हुने विश्वास आयोजकको छ ।

अहिले पनि आर्थिकरुपमा महिलाको सहभागिता र सक्रियता न्यून भएको अवस्थामा आयोजना हुन गइरहेको सम्मेलनले उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन र व्यावसायिक चुनौती सामनाको सामर्थ्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको हो ।

जनसङ्ख्यामा आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको आर्थिक सशक्तीकरण नभई अर्थ सामाजिक विकास सम्भव नहुने आयोजकको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस