१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक गाडीलाई आजदेखि ‘रुट परमिट’ नचाहिने

अ+ अ-

काठमाडौँ। आज (बिहीबार) देखि सार्वजनिक गाडीलाई रुट परमिट नचाहिने भएको छ ।

अब सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दसैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट परमिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्ने छन् ।

यस्तै सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौँसम्मको सडकमा ठुला गाडी सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन ।

ट्रेलरलगायतका ठुला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले जानकारी दिए ।

यो सडक खण्डमा धेरै गाडी ओहोरदोहोर हुने भएकाले ठुला गाडीलाई प्रवेशमा रोक लगाइएको हो । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी ओहोरदोहोर हुन्छन् ।

विशेष गरी चाडपर्वमा त झन् गाडीको सङ्ख्या दोब्बर तेब्बरले बढ्ने गरेको छ । दसैँका लागि बाहिरिने यात्रुको सङ्ख्या बढेसँगै केही दिनयता यो सडक खण्डमा लामो जाम हुने गरेको छ । अहिले पनि नागढुंगा नौबिसे सडकखण्डमा गाडी चापमा चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस