६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलमा सस्तो बजार सुरु

अ+ अ-

रुपन्देही । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ ।

सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले गुणस्तरीय सामान बिक्री वितरण गर्न आाग्रह गरे । मन्त्री शाहीले दसैँका समयमा दैनिक उपभोग्य वस्तुको खरिदमा उपभोक्ता ठगिने गरेको गुनासा आउने भएकाले अनुमनलाई प्रभावकारी बनाउनसमेत सरकारी संयन्त्रलाई निर्देशन दिए । मन्त्री शाहीले १२ वटै जिल्लाका निजी क्षेत्रसँग रायसुझाव लिएर अघि बढ्नेसमेत बताए ।

उनले उपभोक्ताको हितलाई मध्यनजर गरेर बुटवल उद्योग वाणिज्य सङ्घले सस्तो बजार सुरु गर्नु सराहनीय काम भएको बताए । सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले सङ्घले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै औद्योगिक तथा व्यावसायिक वातावरण बनाइदिन सरकारसँग माग गरे ।

उनले सङ्घले विपन्न परिवारलाई लक्षित गरेर दसैँमा सस्तो बजार सञ्चालन गर्दै आएको स्मरण गर्दै यो २०औँ संस्करणको भएको जानकारी गराए । कोरोना भाइरस महामारीका कारण अघिल्लो वर्ष भने सो बजार सञ्चालन गरिएको थिएन ।

यही असोजको २५ गतेसम्म सञ्चालन हुने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य वस्तु तथा नयाँ नोट सटहीसमेत गरी ३० कक्ष राखिएको छ । दुग्धजन्य उत्पादन, नूनलगायतका दैनिक उपभोग्य सामग्रीसहित मासु तथा अण्डासमेत सस्तो बजारमा राखिएको छ । सो बजारमा बाहिर बजारमा भन्दा सुलभ मूल्यमा उपलब्ध गराइने संयोजक तथा बुटवल उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस