९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौविस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न प्रमुख जिल्ला अधिकारी शर्माको निर्देशन

अ+ अ-

भक्तपुर । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएकी छन् । नेपालीहरुको महान चाड दसैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम हुने र दुर्घटना हुन सक्ने भन्दै पुर्न निर्देशन दिएकी हुन्।

जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, जिल्लाका चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इन्जिनियर, चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरिएको छ ।

छलफलमा नगरकोट सडक तत्काल मर्मत गरि निर्माण सम्पन्न गर्न र मध्यपुरथिमिको निकोसेरा सडक आज दिनभरमा खाल्डाखुल्डी पुरेर सहजरुपमा यातायातका साधन सञ्चालन गर्न सक्ने बनाउन प्रजिअ शर्माले निर्देशन दिइन् ।

आफूले यहाँ आएपछि जिल्लाका अधिकांश सडक घुम्ने क्रममा सडकको कन्तबिजोग देखेको उल्लेख गर्दै उनले सडकको दुरावस्थाको तस्विर र जनताबाट आएका गुनासाको चाङ देखाएर जनगुनासो नआउने गरि काम गर्न निर्देशन दिइन्।

छलफलमा सडक बिस्तार गर्दा विद्युत्ले पोल नसारिदिँदा दुर्घटनाको जोखिम बढेको, केबुल र इन्टरनेटका तार लत्रदा दुर्घटना भएको, सडकमा चौपाय र सडक बत्ती नहुँदा राजमार्गमा दुर्घटना बढेको, सडकलाई पार्किङ क्षेत्र बनाइएको लगायत समस्यामाथि छलफल भएको थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख सल्लाहकार, सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव र जिल्लामा सञ्चालित विभिन्न सडक आयोजनाका प्रमुख, चारवटै सुरक्षा निकायका प्रमुख एवं नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख सदस्य रहने गरि कमाण्ड सेन्टर गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस