७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच जिल्ला कार्यक्षेत्र रहेको खाद्य प्रविधिमा कर्मचारी दुई जना मात्रै !

अ+ अ-

काठमाडौँ । सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्‍यो।

कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो। तर कार्यालयमा भने दुई जना मात्रै कर्मचारी छन्। कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एक जना मात्रै कर्मचारी कार्यरत छन्।

प्राविधिक सहायकको दुई दरबन्दी रहे पनि उक्त दरबन्दी रिक्त छ। कर्मचारी अभावमा बजार अनुगमनमा कठिनाइ हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिए।

‘कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ,’ उनले भने, ‘कर्मचारी पूर्तिका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौँ।’ कार्यालय भाडाको भवनमा सञ्चालित छ।

एक वर्षमा ८८ नमुना सङ्कलन
कार्यालयले गत आर्थिक वर्ष ०७७÷७८ मा ८८ वटा खाद्यको नमुना सङ्कलन गरेको छ । ५१ खाद्य उद्योगहरूको निरीक्षण गर्दा कार्यालयले १८ पटक संयुक्त बजार अनुगमन गरेको थियो।

तीन पटक चार ठाउँमा होटेल रेस्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गरिएको छ भने तीन ठाउँमा होटेल स्तरीकरण लोगो वितरणसम्बन्धी अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ। विभिन्न स्तरका होटेल, रेस्टुरेन्ट, मिठाई पसल तथा भोजनालय निरीक्षण गरिएको प्रमुख पोखरेलले जानकारी दिए।

कार्यालयले विभिन्न खाद्य उद्योगको अनुज्ञा पत्र नवीकरण जारी सम्बन्धमा निवेदन लिई, उद्योग निरीक्षण गरी आवश्यक कार्यका लागि भैरहवास्थित खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयमा पठाइएको जनाएको छ।

दुई उद्योगविरुद्ध मुद्दा, ३० ठाउँमा अनुगमन
कार्यालय यो वर्षको ६ महिनाको अवधिमा ३० ठाउँमा बजार अनुगमन गरेको छ । कार्यालयले तनहुँ, लमजुङ, गोरखा र नवलपुरका विभिन्न ३० ठाउँमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा कार्यालयले कैफियत देखिएका दुई उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । खाद्य अनुसन्धान अधिकृत पोखरेलका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित कृष्ण पाउरोटी उद्योग र नवलपुरको गैँडाकोटस्थित सरस्वती डेरी उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ। त्यस्तै दश वटा मुद्दा अनुसन्धानका क्रममा रहेको पोखरेलले बताए।

कार्यालयले चाडपर्वका अलावा अन्य समयमा पनि नियमित रूपमा बजार अनुगमन गर्ने गरेको छ । अनुगमनका क्रममा कार्यालयले खाद्यान्नका केही नमुना पनि सङ्कलन गर्दै आएको छ । सङ्कलित नमुना परीक्षणका लागि भैरहवा पठाउने गरिएको छ।

कार्यालयले अनुगमनका साथसाथै खाद्य स्वच्छता र गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठी, वडा स्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ भने होटेलको वर्गीकरणको काम पनि गर्दै आएको छ।

कार्यालयले उपभोग्य मिति समाप्त भएका वा हुन लागेका खाद्यपदार्थहरूको सञ्चयन तथा बिक्री वितरण नगर्न, बढी रङ्गिन, सडे गलेका, झिँगा भन्केका फोहर अवस्थामा राखिएका खाद्य पदार्थ प्रयोग नगर्न, सडक पेटीमा खुल्ला अवस्थामा राखी कुनै पनि खाद्य पदार्थ बिक्री वितरण नगर्न सम्बन्धित सबैलाई सचेतना जगाउँदै आएको छ।

पाँच उद्योगविरुद्ध मुद्दा
कार्यालयले गत आर्थिक वर्षमा पाँच उद्योगविरुद्ध मुद्दा दर्ता गरेको थियो। त्यसमध्ये दुई उद्योगविरुद्ध अदालतले जरिवानाको फैसला सुनाएको छ । आयशा अरमान पाउरोटी उद्योग र प्रीति पाउरोटी उद्योगलाई जिल्ला प्रशासन कार्यालयबाट जनही रु दश हजारको दरले जरिवाना गरेको थियो।

माउन्टेन तनहुँ बेल तथा सामुदायिक फलफूल प्रशोधन उद्योगविरुद्ध तनहुँ जिल्ला अदालतमा, गुड टेस्ट सस प्रडक्टविरुद्ध तनहुँ जिल्ला अदालतमा र दिपसन फुड प्रोडक्सनविरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया दिनुहोस