१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य विभागले आजदेखि विदेशबाट आउने तरकारी र फलफूलमा विषादी अवशेष परीक्षण गर्दै

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विदेशबाट आयातित फलफूलमा जीवनाशक विषादीको अवशेष परीक्षण गर्दै छ ।

यसअघि केन्द्रीय कृषि प्रयोगशाला मातहतका द्रुत जीवनाशक विषादी अवशेष परीक्षण इकाईहरूबाट उक्त कार्य भइरहेकोमा आज(कार्तिक) १ गतेदेखि विभागले जाँच गर्ने भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २०७८ असोज ४ र १८ गतेको सचिव स्तरीय निर्णयअनुसार विभागले देशका ७ वटा कार्यालयहरूबाट जाँच गर्न लागेको विभागले जनाएको छ ।

विभागका अनुसार खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरू काकरभिट्टा, विराटनगर, जलेश्वर र वीरगन्ज तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, नेपालगन्ज र धनगढीबाट जाँच गर्न लागेको विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बताइन् ।

‘भन्सार बिन्दुमा आयातित फलफूल तथा तरकारीमा विषादी परीक्षण कार्यमा सहजीकरणको लागि भन्सार विभागलाई पनि पत्राचार गरिसकेका छौँ’ महानिर्देशक वैद्यले भनिन् ।

साथै जाँचका लागि आवश्यक पर्ने उपकरणहरू तत्कालका लागि केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत पोखरा, सर्लाही र नेपालगन्ज विभागबाट उपलब्ध गराइने र विभागले खरिद गरिसकेपछि सो उपकरणहरू कृषि प्रयोगशालालाई नै फिर्ता गर्ने गरी व्यवस्था मिलाइएको छ ।

भन्सार बिन्दुहरूमा विषादी नमुना परीक्षणका लागि असार २७ को सचिवस्तरको निर्णयबाट दुई महिना पछि भदौ २८ गतेबाट भन्सार नाकाहरूमा विषादी परीक्षणको काम खाद्य विभागले गर्ने निर्णय भए पनि जनशक्ति अभाव भएको भन्दै तोकिएको समयमा परीक्षणको काम सुरु हुन सकेको थिएन ।

२०७१ सालदेखि नै आन्तरिक उत्पादनको हकमा कालीमाटी फलफूल तथा तरकारी थोक बजारमा विषादीको अवशेष परीक्षण गरिँदै आएकोमा अघिल्लो सरकारले बाहिरबाट आउने सबै परीक्षण गर्ने निर्णयसँगै सर्वोच्च अदालतको आदेशसमेतको कार्यान्वयनका क्रममा कृषि प्रयोगशालाबाट परीक्षण सुरु गरिँदै आएको थियो ।

खाद्य ऐन २०२३ अनुसार विदेशबाट आयात गरिने खाद्यवस्तुहरूको परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको जिम्मेवारीमा रहने भए पनि तत्कालीन अवस्थामा उपकरण तथा जनशक्ति नभएकोले अर्को निकायले हेर्नु परेको र अहिले ऐनअनुसार नै विभागलाई जिम्मेवारी दिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए ।

‘विभागसँग त्यतिबेला जनशक्ति पनि निकै न्यून थियो र सबै नाकाहरूमा कार्यालयहरूसमेत थिएनन्’ उनले भने, ‘अहिले लगभग सबै ठाउँमा कर्मचारी पनि परिपूर्ति हुँदै गएको र ऐनलाई पनि कार्यान्वयन गर्नुपर्छ भन्ने सोचका साथ विभागलाई यो जिम्मेवारी दिइएको छ’

उनले विभागसँग गत वर्ष उपकरण खरिदका लागि बजेटसमेत छुट्याएको भए पनि सो खरिद नगरेरै फ्रिज पठाएकोमा यस वर्ष भने मन्त्रालयबाटै भए पनि व्यवस्थापन गर्ने बताए । ‘गत वर्ष उहाँहरूसँग उपकरण खरिदका लागि बजेट थियो, त्यो फ्रिज भएको रहेछ’, प्रवक्ता सञ्जेलले भने, ‘अहिले यसका लागि विभागसँग बजेट नभए पनि मन्त्रालयकै श्रोतहरूबाट व्यवस्थापन गरेरै भए पनि मेसिन र किट खरिद गर्ने भन्ने निर्णय भएको छ’

थप बजेटका लागि खाद्य विभागसँग माग गर्न भनिसकेकोले मन्त्रालयसँग उपलब्ध स्रोतबाट चाहिने बजेटको व्यवस्था गर्ने कुरा सचिवबाट व्यक्त भएकोसमेत उनले जानकारी दिए ।

नेपाली बजारमा पाइने अधिकांश फलफूल तथा तरकारीहरूमा विषादीको मात्रा उच्च रहेको र त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याईरहेको चिकित्कसहरुले बताई रहँदा सरकारले दैनिक उपभोग्य खाद्यवस्तुहरूको विषादी परीक्षणलाई प्राथमिकतामा राख्न जरुरी छ । साथै, सर्वोच्च अदालतलेसमेत आदेश दिइसकेकोले पनि त्यसको कार्यान्वयन गर्नु सरकारको कर्तव्य पनि हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस