८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवनको उत्तरार्धमा समस्या नहोस्ः मन्त्री रेग्मी

अ+ अ-

चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकलाई जीवनको उत्तरार्धमा समस्या हुन नहुने बताएकी छन् ।

देवघाट क्षेत्र विकास समितिले तनहुँको देवघाटमा सञ्चालन गरेको समाज कल्याण वृद्धाश्रमको आज निरीक्षणपछि उनले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताएकी हुन् ।

‘वृद्धाश्रमलाई व्यवस्थित र ज्येष्ठ नागरिकलाई दिइने सेवा सुविधामा वृद्धि गर्नुपर्नेमा सरकार गम्भीर छ’, उनले भनिन्, “सरकारको सहयोग नआउँदासम्म गैरसरकारी संस्थासँग समन्वय गरेर अघि बढनुहोस् ।’

वृद्धाश्रम विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले त्यहाँको वस्तुस्थितिको बारे जानकारी गराए ।

सो अवसरमा देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, कार्यकारी निर्देशक घिमिरेले आश्रमको अहिलेको अवस्था र यसमा गर्नुपर्ने कामको बारेमा जानकारी गराएका थिए ।

सो आश्रममा हाल ३८ जना ज्येष्ठ नागरिक बसोबास गर्दै आएका छन् । विसं २०५२ बाट सञ्चालनमा आएको यो आश्रम सञ्चालनका लागि दैनिक करिब रु ११ हजार खर्च हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस