१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवाले जलवायु सम्मेलनलाई सम्बोधन गर्ने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको स्कटल्यान्डस्थित ग्लास्गोमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को उच्चस्तरीय बैठकमा सम्बोधन गर्ने निश्चित भएको छ ।

सम्मेलन यही कात्तिक १४ देखि २५ सम्म आयोजना हुन लागेको हो । प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी सो सम्मेलनको महत्त्वपूर्ण भाग ‘वल्र्ड लिडर समिट’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका शक्तिशाली मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले सो उच्चस्तरीय बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपालको तर्फबाट प्रधानमन्त्री देउवाको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, अर्थ, परराष्ट्र, वन तथा वातावरण मन्त्रालयका उच्च पदाधिकारीको सहभागिता रहनेछ । प्रधानमन्त्री देउवाको सो भ्रमण पाँच दिने तय भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलका अनुसार उच्चस्तरीय सम्मेलनमा यस पटक जलवायु परिवर्तन अनुकूलनका लागि नेपालले अवलम्बन गरेका परम्परागत ज्ञान तथा आधुनिक प्रविधिको प्रयोगलगायतका कुराहरू समेटिनेछन् ।

बेलायतको पाँच दिने औपचारिक भ्रमणमा प्रधानमन्त्री देउवाले बेलायतस्थित विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको सम्मानमा अल पार्टी पार्लिमेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्ने कार्यक्रम रहेको छ ।

नेपाली जनसम्पर्क समिति बेलायतका पदाधिकारीका अनुसार, प्रधानमन्त्री देउवाले बेलायतस्थित नेपाली काँग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा सैनिक, गैर आवासीय नेपाली सङ्घका पदाधिकारीहरूसँग छुट्टै अन्तर्क्रिया तथा छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस