७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्न टर्कीका राष्ट्रपति रेसेपको आदेश

अ+ अ-

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् ।

थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएको अलजजिराले जनाएको छ ।

एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतलाई देश निकाला गर्ने आदेश दिएका हुन् ।

गत सोमबार ती मुलुकका राजदूतले संयुक्त विज्ञप्ति जारी गर्दै थुनामा रहेका नागरिक अगुवा एवं सामाजिक अभियन्ता ओस्मान काभालालाई रिहा गर्न अपिल गरेका थिए ।

‘मैले हाम्रा विदेशमन्त्रीलाई यी १० राजदूत अस्वीकार्य भएको ९परसोना नन ग्राटा० घोषणा गर्न भनेको छु’, एर्दोगनलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ । ‘उनीहरूले टर्कीलाई बुझ्नुपर्छ’, उनले थपे, ‘उनीहरूले टर्कीलाई नचिनेको दिनदेखि नै हाम्रो मुलुक छोड्नुपर्छ ।’

‘परसोना नन ग्राटा’ भनेको कुनै पनि राजदूतलाई देश निकाला गर्नु पूर्व चालिने पहिलो कदम हो । राष्ट्रपति एर्दोगनले देश छोड्ने मिति भने तोकेका छैनन् । यदि उनको आदेश पूर्ण पालना भए एर्दोगानको १९ वर्षीय कार्यकालमा पश्चिमी मुलुकसँग सबैभन्दा गहिरो दरार पैदा हुने छ ।

बिरलै जारी गरिने संयुक्त विज्ञप्तिमा काभालालाई थुनामा राख्ने कार्यले टर्कीमाथि ग्रहण लागेको उल्लेख गरिएको थियो । संयुक्त विज्ञप्ति जारी गरेको भोलिपल्टै सम्बन्धित मुलुकका राजदूतलाई टर्कीको विदेश मन्त्रालयमा बोलाइएको थियो ।

पेरिसमा जन्मिएका काभालालाई अभियोग पुष्टि नभईकनै २०१७ देखि थुनामा राखिएको छ । उनीमाथि २०१३ को सरकार विरोधी प्रदर्शन र २०१६ को असफल ‘कु’सँग जोडेर विभिन्न आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस