१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारी बेचेरै लाखौँ आम्दानी

अ+ अ-

बलेवा । मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छन् ।

काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थालेकी छन् । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उनले कमाइ गरेकी छन् । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा भएको पैसा गाउँ पुगेको छ ।

उनले आफ्नो जमिनबाहेक मासिक छ हजार भाडा तिरेर आठ रोपनी जमिन भाडामा लिएकी छन् । त्यही भाडाको बारीले सात वर्षदेखि उनलाई लखपति बनाएको छ । उनको आशिष कृषि फार्ममा वर्षभरि नै ताजा तरकारी पाइन्छ । उनले लामो समयदेखि निरन्तर खेतीमै जोड दिएकी छन् । एक वर्षमात्र हैन, पछिल्लो सात वर्षदेखि उनले नियमित कमाइ गर्न सकेकी हुन् ।

उनले भनिन, ‘कृषिको हाकिमभन्दा मेरो कमाइ बढी छ ।’ तालिम दिने हाकिमले मासिक तलब खाने गरेको तर आफ्नो दैनिक कमाइ भइरहेको उनले बताइन् । दश वर्षअघिसम्म खान लाउने समस्याले पुनले ज्याला मजदुरी गर्थिन् । चार छोरी पाल्ने उनको चुनौती तरकारी खेतीले पूरा गरिदिएको हो । संयोगले भेटिएका कृषि कार्यालयका अधिकृतले तालिममा सहभागी गराएपछि उनले भाडाको जमिनमा खेती गर्ने योजना बनाएकी थिइन् । त्यो अभियानले अहिले उनी अगुवा र कर्मठ किसानमा गनिन्छिन् । उनको बारीमा के हिउँद, के वर्षात् निरन्तर तरकारी लटरम्म हुन्छ ।

उनको बारीमा हिउँदमा लटरम्म फल्ने केराउ, काउली र मोटरकोसा, बर्षात्मा खुर्सानी, गोलभेडालगायत तरकारी लगाएर यो सफलता पाइएको छ । ‘सिजनअनुसार फल्ने तरकारी पनि लगाएकी छु, बेमौसमी तरकारी प्लाष्टिकको घरमा लगाउँछु’, उनले भनिन, ‘महिलाले केही गर्न सक्दैनन् भन्थे, आँट गरेर सफल भएकी छु ।’

धेरै वर्षसम्म सिक्किम लोकल जातको केराउ लगाएर कमाएको र अहिले सबैखाले खेती थालेको उनले बताइन् । उनले भनिन, ‘टनेलभित्र गोलभेडा मात्रै गर्ने चलन तोडेर खुर्सानी लगाएर पनि लाख कमाउन सकेँ ।’ अहिले पनि उनका टनेलमा गोलभेडा, प्याज, रायो साग, अकबरे खुर्सानी, मुसुरो दाल, काउली बन्दा जस्ता उत्पादन लटरम्म फलेका छन् । लेखानी गाउँसहित बागलुङ बजारमा पनि नियमित तरकारी बेच्ने गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस