८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षपछि घर निर्माणका लागि सम्झौता

अ+ अ-

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितको पुनः स्थापना गर्न निजी आवास पुनः निर्माणका लागि एक वर्षपछि बल्ल अनुदान सम्झौता भएको छ ।

विसं २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरोपीडितको लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउन हिजो (आइतबार) पोखरेबगरस्थित गाउँपालिकाको कार्यालयमा सम्झौता गरी अभिमुखीकरण गरिएको हो ।

बीस लाभग्राहीसँग अनुदान सम्झौता गरी घरको नमुना, मापदण्ड, अनुदानको किस्ता भुक्तानी, प्रविधि र प्रक्रियाको विषयमा अभिमुखीकरण गरिएको गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीले जानकारी दिए।

गत वैशाखमा पारित भएको कार्यविधिअनुसार कोरोना र बर्खाका कारण तत्कालै घर निर्माण गर्ने सम्भावना नदेखिएपछि ढिलाइ भएको उनले बताए । अनुदानमध्ये गाउँपालिकाले पहिलो किस्ताबापतको दश प्रतिशत रु ५० हजारका दरले पीडितको खातामा पठाउनेछ ।

दोस्रो किस्ता रु दुई लाख पचास हजार र तेस्रो किस्ता घर निर्माण सकिएपछि रु दुई लाख उपलब्ध गराउने व्यवस्था छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले यस वर्षको बर्खामा पनि घरबास गुमाएकाको पहिचान गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरिएको र स्वीकृत भएपछि अनुदान सम्झौता र पुनः निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए ।

यसैगरी हालै बाहिरिएको यस वर्षका मनसुनका समयमा भएको विपद्जन्य घटनाबाट जिल्लाको रघुगङ्गा गाउँपालिकामा २५ घर भत्किएका छन् ।

पहिरो, बाढी, कटानका कारण घरबास गुमाएकालाई तत्काल रु चार लाख ७० हजार राहत नगद वितरण गरेको गाउँपालिकाले उनीहरुको निजी आवास पुनः निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग साझेदारी गर्ने जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले मनसुनजन्य विपद्बाट क्षति भएका निजी घरको लगत सङ्कलन गरेर पुनः निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरिएको जानकारी दिए ।

‘सबै घरको जनप्रतिनिधि, प्राविधिक र प्रहरीको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारि प्रशासनमा सिफारिस गरेका छौँ’, उनले भने, ‘पालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा पहिरोपीडितको निजी आवास पुनः निर्माण प्रक्रिया अघि बढाएका छौँ ।’

वडा नम्बर १ बेगमा तीन, वडा नम्बर २ भगवतीमा छ, वडा नम्बर ३ पिप्लेमा नौ, वडा नम्बर ४ दग्नाममा पाँच, वडा नं ५ झिँ र ८ नम्बर वडा कुइनेमङ्गलेमा एक/एक वटा घरमा क्षति पुगेको छ ।

पूर्ण क्षति भएका १० वटा घरलाई रु २५ हजार, आंशिक क्षति भएका १४ घरलाई रु १५ हजार र सामान्य क्षति भएका एक घरलाई रु दश हजारका दरले रु चार लाख सत्तरी हजार राहत वितरण गरेको छ ।

गत २०७७ को बर्सातमा क्षति पुगेका रघुगङ्गाका १७ वटामध्ये चार वटा म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले पुनः निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।

बाँकी १३ वटा घरलाई रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउने सम्झौता गरी पुनः निर्माण सुरु गरेका छन् । गाउँपालिकाले उपलब्ध गराउने दश प्रतिशतले हुन आउने रु ५० हजारका दरले सबै पीडितको खातामा पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस