८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापतिका लागि म स्वभाविक उम्मेदवार हुँ : पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनमा आफू सभापति पदको स्वभाविक उम्मेदवार भएको बताएका छन्।

तर आफ्नो समूहमा यसबारे कुराकानी हुन बाँकी नै रहेको उनले उल्लेख गरेका छन्।

२०७२ सालमा भएको १३ औँ महाधिवेशनमा पनि आफू सभापतिकै उम्मेदवार रहेकोले यसपालि पनि सभापति पदमै उठ्ने उनले बताए।

‘म पार्टीभित्र स्वभाविक रूपमा सभापतिको उम्मेदवार हुँ,’ आज बाँकेमा पत्रकारहरूसँग उनले भने, ‘१३ औँ महाधिवेशनमा पनि म नै सभापतिको उम्मेदवार थिएँ। यसपालि पनि टिममा छलफल गरेपछि निर्णय हुन्छ। स्वभाविक रूपमा म सभापतिको उम्मेदवार हुँ।’

टिमभित्र अन्य नेताहरूले पनि सभापति पदमा उठ्ने इच्छा राखे पनि छलफलबाटै एक जना मात्रै उम्मेदवार हुने उनले बताए।

उनले महाधिवेशन तयारीबारे थप छलफल गर्न आफूले दसैँअगाडि नै केन्द्रीय समिति बैठक राख्न माग गरेको बताए।

समयमा महाधिवेशन हुन नसक्दा पार्टी नै वैधानिक सङ्कटमा परेको उनी बताउँछन्।

उनले महाधिवेशन समयमै गर्न सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गरिएको पनि बताए।

प्रतिक्रिया दिनुहोस