१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले बुझाए विवरण

अ+ अ-

भादगाउँ । भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिकाका– ९ वटा वडा र सूर्यविनायक नगरपालिका– १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा १८ हजारले व्यक्तिगत विवरणसहितको फाराम भरेका हुन ।

यसैबीच सूर्यविनायक नगरपालिका–६ देखि १० सम्म सोमबरदेखि अभियान सुरु हुने भएको छ । अभियान अन्तर्गत प्रत्येक वडामा ३ वा ४ केन्द्र रहनेछन् । एक केन्द्रमा एक कम्युटर अपरेटर, दुई छानवीन गर्ने अधिकारी र एक जना सहयोगी रहने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए ।

उनले छिट्टै भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा पनि छिट्टै अभियान सञ्चालन गरिने जानकारी दिए । ‘भक्तपुर नगरपालिकामा एक दुई दिनभित्रै रुजु अधिकारीलाई अभिमुखीकरण गरेर कार्यस्थल खटाइ अभियान सुरु गर्ने तयारी भइरहेको छ । त्यसपछि मध्यपुर थिमिमा अभियान सुरु गर्छौं,’ उनले भने ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका व्यक्तिगत र जैविक विवरण प्रविष्ट हुने भएकाले यो बहुउपयोगी भएको र भविष्यमा अनिर्वाय जस्तै हुने भएकाले सबै नागरिकले विवरण भरेर बुझाउन प्रजिअ शर्माले आह्वान गरे ।
सूर्यविनायक नगरपालिकामा आइतबार आयोजित रुजु अधिकारीलाई अभिमुखीकरण कार्यक्रममा प्रजिअ शर्माले भने, ‘राष्ट्रिय परिचयपत्रले भविष्यमा राहदानी, नागरिकतालगायतको कार्य गर्ने भएकाले यसको महत्व धेरै रहेको छ र यो बहुउपयोगी रहेको छ ।

त्यसैले सबै नागरिकले अनिवार्य विवरण बुझाउनुपर्छ ।’ अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले राष्ट्रिय परिचयपत्रका विविध पक्षका बारेमा जानकारीसहितको प्रस्तुतिकरण दिँदै विवरण बुझाउँदा गलत विवरण बुझाउन नहुनेमा जोड दिए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले विवरण सङ्कलन कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘नागरिकको व्यक्तिगत विवरणलाई व्यवस्थित गर्ने राष्ट्रिय परिचयपत्र अभियानलाई सफल बनाउन स्थानीय तहले आवश्यक सहयोग गर्नेछ ।’ उनले हाल विवरण सङ्कलन अभियान जारी रहेको वडामा कर्मचारीको व्यवहारलगायतका गुनासो आएकाले त्यसलाई समाधान गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका–२ का वडाध्यक्ष कमलनाथ आचार्यले विवरण सङ्कलनमा खटिएका कर्मचारीको व्यवहार जनमैत्री नभएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस