काठमाडौँ । राजधानीको व्यस्त सडक नयाँ बानेश्वर मिनभवन सडकखण्डमा आज (सोमबार) बिहान एकाएक भ्वाङ परेको छ ।
सडक भ्वाङ पर्दा केही बेर यातायातसमेत अवरुद्ध हुन पुगेको थियो ।
सो भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका थिए । प्रत्यक्षदर्शीका अनुसार सुरुमा सानो भ्वाङ परेकामा डोजर चलाउने क्रममा भ्वाङ ठुलो भएको थियो ।
अहिले भ्वाङ परेको सडक वरपर यातायात सञ्चालनमा रोक लगाइएको छ । काठमाडौँका ठाउँ ठाउँका सडकमा बेलाबेला भ्वाङ पर्ने समस्या देखिने गरेको छ ।