८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षाले बागमती प्रदेशको धानबालीमा क्षति

अ+ अ-

बागमती । असोजको अन्तिम सातामा परेको अविरल वर्षाका कारणले बागमती प्रदेशको सात जिल्लाका दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा किसानले लगाएको धानबालीमा क्षति पुगेको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रारम्भिक एक अध्ययनले जनाएको छ ।

साथै दसैँलगत्तै सरकारी कार्यालय खुलेकाले कृषि प्राविधिक कर्मचारी परिचालन गरिएको र थप धानबाली क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ ।

मन्त्रालयको प्रारम्भिक अध्ययनअनुसार बागमती प्रदेशको मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङ जिल्लामा अविरल वर्षाका कारणले धानबालीमा भएको क्षतिको विवरण आएको जनाइएको छ । थप विवरण आउँन बाँकी रहेको छ ।

उक्त मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार मकवानपुरमा १००, चितवनमा एक हजार ६३५, सिन्धुलीमा ९०, रामेछापमा ३०, नुवाकोटमा ३६, काभ्रेमा १५ र धादिङमा ९८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको हो ।

बागमती प्रदेशको सात जिल्लामा तीन करोड ८२ लाख २० हजार मूल्य बराबरको धानबालीमा प्रारम्भिक क्षति भएको अनुमान छ । प्रदेशको कृषि मन्त्रालयले एक करोडसम्म विपद्का लागि राहत दिन बजेट छुट्याएको छ ।

मन्त्रालयलले क्षतिको पूरा विवरण आएपछि धानबालीमा लगाएको लागत रकम हिसाब गर्र्ने र सोहीअनुसार क्षतिपूर्तिका लागि लागतको २० प्रतिशतसम्म राहत दिने बताइएको छ । प्रदेशका १३ जिल्लामा ९४ प्रतिशत धानखेती गरिएको थियो ।

बागमती प्रदेशको स्थानीय तहका कृषि प्राविधिक, मन्त्रालय मातहतका कृषि निर्देशलाय र स्थानीय तहका कर्मचारीबाट क्षतिको विवरण सङ्कलन भइरहेको सूचना अधिकारी अनुपले बताए ।

प्रतिक्रिया दिनुहोस