८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि , चाडबाडले बढायो आयात-निर्यात

अ+ अ-

काठमाडौँ। मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ ।

नेपालीको मुख्य चाडबाड दसैँको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँ नजिक पुगेको छ ।

भन्सार विभागको असोजसम्मको व्यापार तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा भएको वृद्धिले समग्र व्यापार बढेको देखिन्छ ।

तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनासम्म नेपालले चार खर्ब ७८ अर्ब रुपियाँको वस्तु आयात गरेको छ जुन अघिल्लो आवको तीन महिनासम्मको तुलनामा करिब ६४ प्रतिशतले बढी हो ।

असोजमा मात्रै एक खर्ब ६४ अर्ब रुपियाँको वस्तु आयात भएको देखिन्छ, यो कोभिड सङ्क्रमणयताकै बढी हो ।

असोजसम्म सबैभन्दा धेरै २३ अर्ब ३२ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि दोस्रोमा २० अर्ब ६० करोडको कच्चा भटमास तेल, १७ अर्ब १७ करोडको मोबाइल, १३ अर्बको कच्चा पाम तेल र १२ अर्ब ८६ करोडको पेट्रोल आयात भएको छ ।

आयात मात्र होइन, असोजसम्म निर्यातमा पनि व्यापक वृद्धि भएको छ । विभागका अनुसार तीन महिनामै नेपालले ६५ अर्ब रुपियाँको वस्तु निर्यात गरेको छ जुन अघिल्लो असोजसम्मको तुलनामा दोब्बरले बढी हो ।

अघिल्लो असोजसम्म नेपालले ३१ अर्ब रुपियाँको वस्तु निर्यात गरेको थियो । असोजमा मात्रै नेपालबाट २१ अर्ब रुपियाँको वस्तु निर्यात भएको देखिन्छ ।

नेपालको निर्यातलाई भने खास गरी भटमास र पामको प्रशोधनले सघाएको देखिन्छ । भारतले नेपाललाई उपलब्ध गराएको निर्यात सहुलियतको उपयोगबाट समग्र निर्यात नै उकासिन पुगेको छ ।

असोजसम्म नेपालले २२ अर्ब रुपियाँको भटमास तेलको निर्यात गरेको छ । त्यसपछि साढे १३ अर्बको पाम तेल, दुई अर्ब ४५ करोडको गलैँचा र एक अर्ब ८७ करोड रुपियाँको ऊनीका उत्पादनको निर्यात भएको छ ।

निर्यातमा भएको वृद्धिले समग्र अन्तर्राष्ट्रिय व्यापारमा यसको हिस्सा पनि बढाएको छ । गत असोजसम्मको कुल व्यापारमा निर्यातको हिस्सा ९.६० प्रतिशत मात्र रहेकामा चालू अवधिमा करिब १२ प्रतिशत हिस्सा पुगेको छ ।

असोजसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार पाँच खर्ब ४३ अर्ब रुपियाँ पुग्दा व्यापार घाटा भने चार खर्ब १३ अर्ब रुपियाँ रहेको विभागको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस