७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा दुई प्रहरीको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला

अ+ अ-

धनगढी । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

धनगढीको अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

अदालतका श्रेस्तेदार राइभान कुन्जेडाले जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले हिजो (मंगलबार) उक्त मुद्दाको अन्तिम फैसला गर्दै ९ जनालाई जन्मकैद र एक जनालाई सफाइ दिएको जानकारी दिए ।

उनकाअनुसार मुख्य योजनाकार धनगढी उपमहानगरपालिका-१० का ३५ वर्षीय सुकबहादुर राना भनिने अमर राना, २३ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँ बस्ने अर्का रोहित राना, ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र धनगढी उपमहानगरपालिका-११ बस्ने गोपाल भनिने २५ वर्षीय रामगोपाल रानालाई जन्मकैदको फैसला भएको छ ।

हत्या अभियोगमा पक्राउ परेका धनगढीका मटर व्यापारी राजीव गुप्ताले भने सफाइ पाएको कुन्जेडाले बताए ।

गत वर्षको कात्तिक १ गते तस्करी नियन्त्रणमा खटिएका बेला मटर तस्करको समूहले प्रहरी सहायक निरीक्षक विक र जवान साउदको विभत्स हत्या गरेर शव नेपाल-भारत सीमा भएर बग्ने मोहना नदीमा फालेको थियो ।

प्रतिक्रिया दिनुहोस