७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौलिक संस्कृतिको जगेर्ना गरी भावी पुस्तालाई हस्तान्तरण गर्न उपराष्ट्रपतिको आग्रह

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला तथा संस्कृतिमाथिको अतिक्रमण रोकेर मौलिक संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्दै भावी पुस्तालाई ज्ञान हस्तान्तरण गर्न आग्रह गरेका छन्।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता तथा बालसाहित्य) विभाग र लोकवार्ता परिषद्, नेपालद्वारा संयुक्तरूपमा आयोजित परिषद्को १०औँ सम्मेलन एवं ‘लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम’को आज उद्घाटन गर्दै उनले भने, ‘भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन । राष्ट्र भनेको भूगोल मात्रै होइन । मेरो आग्रह छ-हाम्रो मौलिक भाषा, कला, संस्कार र संस्कृति जोगाऔँ । प्रवर्धन गरौँ र भावी पुस्तालाई हस्तान्तरण गरौँ ।’

सो अवसरमा उपराष्ट्रपति पुनले प्रज्ञा–प्रतिष्ठान, लोकवार्ता विभागबाट प्रकाशित ‘गोर्खाली युद्धबन्दीका लोकभाका र कथा’, ‘नेपाली लोकरामायणका विविध रूप’, ‘नेपाली लोककविताको काव्यशास्त्रीय विश्लेषण’, ‘लोकवार्ता सिद्धान्तका आधारमा घरगीत’ र परिषद्द्वारा प्रकाशित ‘नेपाली लोकवर्ता’को भाग ७, ८ र ९ को विमोचन गरेका थिए ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा भौगोलिक, भाषिक तथा सांस्कृतिकलगायत अनेक विविधता रहेको उल्लेख गर्दै तिनलाई सहीरूपमा चिन्न सके मात्र नेपाललाई चिन्न सकिने विचार व्यक्त गरे । सो विभागका प्रमुख प्राज्ञ डा देवी नेपालले नेपाली लोकवार्ताको उन्नयनका निम्ति भएका प्रगतिबारे जानकारी गराए ।

लोकवार्ता परिषद्, नेपालका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रा डा प्रेम खत्रीले नेपाली लोकवार्तासँग सम्बन्धित क्षेत्रको अध्ययन, अनुसन्धान, संरक्षण तथा सम्वर्धनका लागि परिषद्ले गरिरहेका कामका बारेमा बताए ।

कार्यक्रममा परिषद्बाट उपराष्ट्रपति पुनलाई सम्मान गरिएको थियो । सोही अवसरमा परिषद्ले समाजसेवी तथा लोकवार्ता अभियन्ता बमकुमारी बुढामगर र डा राज्यश्री श्रेष्ठलाई उपराष्ट्रपति पुनले बुढामगर र श्रेष्ठलाई सम्मानपत्र अर्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस