१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एकीकृत समाजवादीको कार्ययोजना कार्यान्वयनका लागि निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अन्तरपार्टी निर्देशन (अपानि) मार्फत देशभरका सम्पूर्ण पार्टी कमिटी एवं सङ्गठनलाई २४ बुँदे तत्कालीन कार्ययोजना कार्यान्वयनका लागि निर्देशन दिएको छ । आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, सङ्घीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडामा पार्टी कमिटी गठन गर्न परिपत्र गरिएको छ ।

सोही अभियानअन्तर्गत ‘एक वडा एक सय सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य’ अभियान सञ्चालन गरिने छ । त्यसअन्तर्गत जनसङ्गठनका कमिटी पनि पर्दछ । विविध कारणले एकीकृत समाजवादी पार्टीमा सनाखत गरी आउन असमर्थ देखिएका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन, सहयोगी बनाउन तथा मित्रवत् वातावरण निर्माण गर्न पहल गर्नेसहितका विषय तत्कालीन कार्ययोजनामा समावेश गरिएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नथ खतिवडाले आज जारी गरेको विज्ञप्तिमा गत असोजको पहिलो र तेस्रो सातामा काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको प्रथम बैठक र स्थायी कमिटीको सातौँ बैठकले गरेका निर्णयलाई यही कात्तिक ९ गते अपानिमा निर्देशन गरिएको उल्लेख गरिएको छ ।

त्यसैगरी सरकारमा रहेर देश र जनताको निम्ति राम्रो काम गर्न पार्टीको तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीलाई इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्देशन दिएका छन् । राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न, निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहन, योग्यता, क्षमता र कार्यसम्पादनमा उत्कृष्टताका आधारमा व्यक्तिको छनोट गरी जिम्मेवारी दिन, विवादमा पर्ने कुनै पनि काम नगर्न, स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न, पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न, सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिबाट नियमितरूपमा राय परामर्श लिन, नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटोछरितो ढङ्गले काम गर्न, पाँच दलीय गठबन्धनको भावनाअनुरूप अन्य दलसँग सहकार्य गर्न, उपयुक्त निर्देशन प्रदेश सरकारका मन्त्रीले पनि पालना गर्नसमेत निर्देशन गरिएको छ ।

पार्टीले विभिन्न मापदण्डका आधारमा ३३५ केन्द्रीय सदस्य मनोनीत गरेको छ । केन्द्रीय सदस्य मनोनयन विधिअनुसार, केन्द्रीय कमिटीका पूर्वसदस्य (एमालेकालीन), नेकपा हुँदाको केन्द्रीय कमिटीका सदस्य, नवौँ महाधिवेशनमा केन्द्रीय कमिटी÷आयोग सदस्यका उम्मेदवार बनेका, राष्ट्रिय प्रतिनिधि परिषद्का पूर्वसदस्य, जिल्ला कमिटीको प्रमुख भइसकेका, महिलाको हकमा जिल्ला कमिटी सदस्य भएकासम्म र विभिन्न जनसङ्गठनका केन्द्रीय पदाधिकारी भएकामध्येबाट केन्द्रीय सदस्य मनोनयन गरी कार्यविभाजन गरिएको छ ।

उक्त अपानिमा प्रदेश कमिटीको संयोजनमा जिल्लाका इञ्चार्ज र सहइञ्चार्जबीच सङ्घीय र प्रदेश निर्वाचन क्षेत्र हेर्ने गरी जिम्मेवारी बाँडफाँट गरेर काम गर्नुपर्नेछ । केन्द्रीय कमिटीका हरेक सदस्यले पार्टी सदस्यता वितरण र सङ्गठन निर्माणको विशेष योजना बनाएर काम गर्ने र प्रत्येक महिना आफूले गरेको कामको लिखित रिपोर्ट पार्टी केन्द्रमा बुझाउनुपर्नेछ । उपरोक्त कामको आधारमा केन्द्रीय कमिटीका सदस्यको मूल्याङ्कन हुनेछ ।

प्रतिक्रिया दिनुहोस