७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा मन्त्री पौडेल र स्विट्जरल्याण्डका राजदूतबिच भेटवार्ता

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज (बिहीबार) बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायिक परियोजनामा लगानी गर्ने विषयमा छलफलसमेत भएको छ ।

भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्विट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै बताउँदै थप परियोजनामा सहयोग गर्न आग्रह गरे।

मन्त्री पौडेलले प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सिपयुक्त दक्ष जनशक्ति तयार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा स्विट्जरल्याण्ड सरकारबाट थप सहयोग प्राप्त हुने बताए ।

‘हामी प्राविधिक शिक्षाको क्षेत्रमा वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्य ढाँचा (स्वाप मोडेल) विकास गरी साझेदारसँग सहकार्य गर्दै जाने सोचका साथ आवश्यक कार्य गरिरहेका छौँ’ मन्त्री पौडेलले भने,’ यस विषयमा महामहिम राजदूतबाट थप प्राविधिक सहयोगको अपेक्षासमेत गरेको छु ।’

भेटवार्तामा राजदूत क्यापेलरले प्राविधिक तथा व्यवसायिक परियोजनाका लागि शिक्षा मन्त्रालयले आवश्यक कानून पारित गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेका थिए ।

उनले भने, ‘हाम्रो देशमा ८० प्रशितमा विद्यार्थी प्राविधिक तथा व्यवासायीक शिक्षामा छन् । उनीहरू त्यहाँबाट सिधै रोजगारीमा केन्द्रित हुन्छन् त्यही अनुसार शिक्षामन्त्रालयले कानून निर्माण गरोस् भन्ने हाम्रो भनाइ हो ।’

स्विट्जरल्याण्ड सरकारले जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम, रोजगार कोष परियोजना, व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न छात्रवृत्तिलगायतमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस