८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकालाई फाइजर खोप तिहारपछि लगाइने

अ+ अ-

काठमाडौँ। बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज तिहारपछि लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बालबालिकालाई खोप लगाउन काठमाडौँ उपत्यकाका नौ र उपत्यकाबाहिरका १५ गरी २४ वटा अस्पतालमा तयारी थालिएको छ । त्यस्तै कात्तिकको अन्त्यतिर दीर्घ रोग भएकालाई समेत खोप दिने जनाइएको छ ।

सह प्रवक्ता डा. अधिकारीका अनुसार फाइजर–बायोएनटेकको एक लाख ६२० डोज नेपाल भित्रिसकेको छ । प्राप्त खोपले १२ वर्षमाथिको उमेर समूहका सबैलाई पुग्दैन । त्यसैले हालका लागि २४ वटा अस्पतालबाट मात्र खोप दिइने जनाइएको छ ।

उनले खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियानलाई विस्तार गरिने समेत बताए । सरकारले सकेसम्म ४० लाख मात्रा मोडर्ना खोप एकै पटक ल्याउने गरी तयारी थालेको समेत सह प्रवक्ता डा. अधिकारीले जानकारी दिए ।

मोडर्ना खोप तिहारपछि ल्याउने गरी प्रक्रिया अघि बढेको समेत जनाइएको छ । उनका अनुसार सम्भवतः सन् २०२१ को अन्त्यसम्ममा खोप ल्याइने छ । केही ढिला भएमा सन् २०२२ को सुरुसम्ममा आउने छ ।

अन्य खोपको दाँजोमा मोडर्ना र फाइजरजस्ता कोभिड खोपहरू लामो समय भण्डारणका लागि निकै कम तापक्रममा राख्नुपर्छ । मोडर्ना खोप छ महिनासम्म भण्डारण गर्न माइनस २० डिग्री सेल्सियस तापक्रम कायम गर्नुपर्छ तर एक महिनासम्म राख्नका लागि भने अन्य खोपसरह दुईदेखि आठ डिग्रीमै राख्न सकिने विज्ञहरूले जनाएका छन् ।

उनले भने, ‘हामीसँग दुईदेखि आठ डिग्री खोप भण्डारण गर्न सक्ने ठाउँहरू धेरै छन् । त्यसैले हाम्रो प्राथमिकता खोप ल्याएर लामो समय राख्नेभन्दा ल्याएपछि जतिसक्दो छिटो लगाउने भन्ने नै हो ।’ उनका अनुसार ४० लाख मोडर्ना खोप एकै खेपमा ल्याउँदा पनि व्यवस्थापन गर्न सकिने क्षमता छ ।

बालबालिकालाई खोप लगाउन सरकारले निर्णय गरेसँगै अभिभावकमा कौतुहलता र खोप लगाएपछि हुनसक्ने ‘साइड इफेक्ट’ का बारेमा अभिभावकले चासो राख्ने गरेका छन् ।

सो सन्दर्भमा शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिँदा शतप्रतिशत कोभिड–१९ प्रतिरोधी क्षमता विकास गरेको अनुसन्धानमा देखाएको बताए ।

यसअघिका अनुभवमा खोप लगाएको ठाउँमा दुख्ने, थकान महसुस गर्ने, टाउको दुख्ने, जाडो लाग्नु/काम्नु, मांसपेशी दुख्नु, ज्वरो आउनु, जोर्नी दुख्नुजस्ता समस्या बढी देखिएका छन् ।

यसमध्ये एउटा मुटुसम्बन्धी अति दुर्लभ समस्या पनि अनुसन्धानमा देखिएको डा. पुनले बताए। उनका अनुसार दोस्रो डोज लगाएपछि देखिएको यो समस्यामा मुटुका मांसपेशी वा बाहिरी तह सुन्निएको थियो ।

यस्ता समस्या गम्भीर नभएका र उपचारपछि पूर्ण रूपमा निको भएका छन् । खोप लगाएपछि छाती दुख्ने, सास फेर्न गाह्रो हुने, छिटो छिटो मुटु चल्ने आदि समस्या देखिए तुरुन्त अस्पताल गई मुटुसँग सम्बन्धित जाँच गराइहाल्नु पर्ने उनको सुझाव छ ।

फाइजर खोपको दुई डोज तीन हप्ताको अन्तरालमा दिइने मन्त्रालयले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस