७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ विद्युत् महसुलबाट निजी क्षेत्रलाई थप राहत

अ+ अ-

काठमाडौँ। सरकारले विद्युत् महसुल घटाउने र डिमान्ड शुल्क नबढाउने गरेको निर्णयलाई नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ ।

विद्युत् नियमन आयोगले गत बुधबार सार्वजनिक गरेको विद्युत्को नयाँ महसुलले कोभिडको सङ्कटमा रहेको उद्योग व्यवसायलाई थप राहत पुग्ने महासङ्घले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आयोगमा पेस गरेको प्रस्तावमा विद्युत् डिमान्ड शुल्क बढाउने प्रस्ताव गरेको थियो । महासङ्घले भने यसको विरोध गर्दै गत असोजमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई भेटी त्यस्तो शुल्क फिर्ता लिन आग्रह गरेको थियो ।

डिमान्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको महासङ्घले जनाएको छ । ‘यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केही मात्रा भए पनि सहयोग पुग्ने हाम्रो विश्वास छ’, महासङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विद्युत् खपत बढाउन औद्योगिक ग्राहकका लागि महसुल अझ सस्तो हुनुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास महासङ्घको छ ।

महासङ्घले २०७५ फागुनदेखि रोकिएको विद्युत् खरिद सम्झौताको काम पनि सुचारु गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस