१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–८ वडा इकाइ समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल आयल निगमको व्यवस्थापनका सबै पक्षलाई सूक्ष्म विश्लेषण गरी उसले गरेका फजूल खर्च घटाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिए ।

आजदेखि लागू हुनेगरी निगमले गरेको इन्धनको मूल्य वृद्धिको विरोध गर्दै नेता सिंहले निगमको व्यवस्थापनलाई चुस्त तुल्याउँदै उसले व्यहोर्नुपरेको नोक्सानी घटाउन सकिने प्रशस्त स्थान रहेको टिप्पणी गरे ।

देशलाई वेथितिबाट पार लगाउन नेपाली काङ्ग्रेसको नेतृत्वमा वर्तमान सरकार गठन भएको तर्क गर्दै उनले जनचाहनाअनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिए ।’इन्धनको मूल्यवृद्धिले जनतालाई राहत होइन आहत पारेको छ,’ उनले भने ।

पटक–पटक पार्टीको १४ औँ महाधिवेशनको तिथि सारिएकामा रोष प्रकट गर्दै नेता सिंहले पछिल्लो समयमा घोषित मितिमा नै महाधिवेशन सम्पन्न गर्नैपर्नेमा जोड दिए । विधि र पद्धतिअनुसार पार्टी सञ्चालन नभएकामा चिन्ता व्यक्त गर्दै उनले ‘व्यक्ति होइन विचार’लाई मानेर अघि बढ्न पार्टी कार्यकर्तालाई आग्रह गरे ।

इकाइ सभापति आशमान सङ्गतले तल्लो तहदेखि नै इमानदार नेतालाई नेतृत्वमा पुर्‍याउनु समयको माग भएको विचार व्यक्त गर्दै पार्टीको छविमा आँच आउने गतिविधि नगर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि पार्टीपङ्ति एकढिक्का हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस