१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुब्बाको प्रेम [भाग-२]

अ+ अ-

विभक्त काठमाडौँ गईकीर्तिपुरको पाँगा दोबाटोमा कोठा लिएर बस्ने निधो गरे। कोठा भाडा रु. पाँच हजार,फोहोरको रु. सय, पानी यथेष्ट थिएन। साताको दुई दिन दुई सय लिटरको दुई ड्रम पानी जसबापत रु.डेढ सय र खानेपानी जारको किन्नुपर्ने सर्तमा कोठाको टुङ्गो लाग्यो।

कोठा कीर्तिपुरमा थियो। कार्यालय रामशाहपथस्थित सर्वोच्च अदालतमा थियो। बिहान बेलुका खाना पकाउने, खाने र केही समय बचाएर पढ्ने गर्थे,विभक्तले। केही दिनपछि शाखा अधिकृतको तयारी कक्षा लिने सोचले अलि नाम चलेका इन्स्टिच्युट बुझ्दा नेम(सेडेप)को नाउँ धेरैले दिएकाले त्यतै पढ्ने निधो गरे।

विभक्तको दिनचर्या फेरिएको थियो। सुचितासँगको प्रेम त छँदै थियो तर याद बिस्तारै कम हुँदै गएको थियो ।जब जब विभक्तले सुचिताको त्यो सुनौलो अनुहार र मन्द मुस्कान सम्झन्थे तब तब उक्त प्रेमले दिएको अपमान पनि सम्झन्थे।उनी बिहान पाँच बजे उठेर लोकसेवा तयारी कक्षा लिन नेम(सेडेप) तिर लाग्थे। उनलाई पाँगा दोबाटो पुगेर माइक्रोमा झुन्डिनुपर्ने बाध्यता भने थिएन किनभनेदुई वर्षको कमाइ लगाएर कुस्मा छँदै बाइक किनेका थिए। बिहान ६:३० देखि ८:३० सम्म उनको लोकसेवा तयारी कक्षा थियो। नजिकै अनामनगरमा रु. ६५ मा खाना खुवाउने होटल छ भन्ने सुनेका विभक्तले बिहानको खाना त्यही होटलमा खाएर त्यतैबाट कार्यालयतिर लाग्थे।

उनलाई सर्वोच्च अदालतको अभिलेख शाखामा जिम्मेवारी तोकिएको थियो। पर्वत जिल्ला अदालतमा मुद्दा फाँटमा काम गरेका विभक्तलाई अभिलेख शाखा त्यति राम्रो भने लागेको थिएन किनभने हजारौँको सङ्ख्या मा रहेका पुराना मिसिल(फाइल)को धुलै धुलो, उक्त फाँटमा उनी नयाँ भएकाले पनि अभिलेख/मिसिल खोज्न निकै कठिनाइ हुने, बस्ने ठाउँको पनि उचित प्रबन्ध नभएकाले उनलाई गाह्रो भएको थियो तर अर्को फाँट परिवर्तन गराउन उनको पहुँचमा थिएन र काजमा आएको केही दिनमै अर्को फाँट माग्न उनको मर्यादाले पनि दिएन।

नाम सुनेका कुमार तिमिल्सिना, गोपी मैनाली, हेमराज तामाङ, सुरेश अधिकारी, चूडामणि शर्मा लगायतका प्रसिद्ध प्रशिक्षकहरूका कक्षामा बसेर पढ्न पाउँदा विभक्तलाई आफूले तिरेको करिब एक महिनाको तलब बराबरको शुल्कको पछुतो भएन। सुचितासँगको प्रेम वियोग, सुचिताको बाबुले गरेको दुर्व्यवहार, बुवा आमाले गाउँमा गरेको सङ्‍घर्ष र कार्यालयको जिम्मेवारीको असन्तुष्टि भएको र निरीह पदीय हैसियतले विभक्तमा शाखा अधिकृत बनेरै छोड्ने दृढ इच्छाशक्ति जागेको थियो।

बिहान कक्षा, दिनभरि कामको थकान, बेलुका खाना पकाएर खानुपनि पर्ने बाध्यताका कारणविभक्तसँग पढ्ने समय भने अति नै कम थियो। कार्यालयमा काम नभएका बेला होस् वा खाजा समयको सदुपयोग गरेर होस् पढ्न थालिहाल्थे। कक्षा सकिएपछि एक घण्टा सामूहिक छलफल गर्ने सोचले उनले गुल्मी घर भएका चार जना साथी बनाए; उमेश अर्याल, विक्रम पन्थी, लक्ष्मण गौतम र सविन गैरे।चारै जना साथीहरू निकै रमाइला, अध्ययनशील, मेहनती र लगनशील थिए। ८:३० देखि ९:३० सम्म दिनहुँ एक शीर्षकमाथि छलफल हुन्थ्यो जसले उनीहरू सबैलाई निखार्दै लगेको थियो।पहिला पनि तयारी गरिसकेका हुनाले अरू चार जना साथीहरू विभक्तभन्दा जान्ने थिए तर विभक्तले पनि आफ्नो ज्ञानको गेयर द्रुततर बढाउँदै लगेका थिए।

नियमितरूपमा इन्स्टिच्युटले लिने नमुना परीक्षामा सहभागी हुँदा सुरु सुरुतिर सयौँ जनाको पछि पर्ने विभक्त तयारी कक्षा सकिन लाग्दा उत्कृष्ट १०० हुँदै २० भित्र पर्न थालेका थिए। उनको आशाको आलोक चहकिलो हुँदै गएको थियो ।

विभक्तलाई अधिकृतको पहिलो पत्रभन्दा लिखितमै दिलचस्प थियो। चाहेर होस् वा नचाहेर लिखित पत्रमै उनले आफ्नो धेरै समय लगाउने गरेका थिए। विभक्तउच्च मनोबलका साथ पहिलो पटक शाखा अधिकृतको परीक्षामा सामेल भएका थिए, तर त्यसै वर्ष पहिलो पत्रका प्रश्न निकै कठिन आयो। बिसौँ हजार सहभागी भएको परीक्षामा २हजार जना पनि पहिलो पत्रमा उत्तीर्ण हुन सकेनन्, अनुत्तीर्ण हुनेहरूमैपरे विभक्त पनि।

विभक्तको मन फेरि एक पटक टुट्यो तर पनि यसमा आफ्नै अध्ययन नपुगेको निष्कर्ष निकालेर पुन: कडा परिश्रम गर्ने प्रतिज्ञा गरे। यही विज्ञापनमा उनीहरूको पाँच जनाको समूहका दुई जनाले शाखा अधिकृतमा नाम निकाले। विक्रम पन्थी शाखा अधिकृत भए भने उमेश अर्याल वैकल्पिक परे। विभक्तलाई झन् कम्मर कसेर पढ्न मन लागेको थियो।

उनले निरन्तर मेहनत गर्न छाडेनन्। यतिकैमा अर्को विज्ञापन खुल्यो।विभक्तलेयस पटक पहिलो पत्रलाई अलिक धेरै मेहनतका साथ अध्ययन गरेकाले पहिलो पत्र निकै उत्कृष्ट गरेका थिए। दोस्रो, तेस्रो र चौथो पत्रको परीक्षा नजिकिएको थियो। उनी पढाइमा लिप्त थिए। कार्यालयमा कठिनाइका बाबजुद पन्ध्र दिन बिदा लिएर पढ्न थालेका थिए।परीक्षा आउन चार दिन छँदा दुध लिन बाहिर निस्किएका विभक्तलाई बाटो काट्ने क्रममा तीव्र गतिमा आएको मोटरसाइकलले जोडसँग ठक्कर दियो।

विभक्त भुक्लुक्क ढले र उनको टाउको पिच बाटोमा ठोकियो। उनी चिच्याए “ऐया! नि आमा।” एकैछिनमा माहोल फेरियो।त्यहाँ मान्छेको भिड लाग्यो। पुलिस पनि आइपुग्यो। विभक्तको मोबाइलको डाइलको सुरुमा रहेको “उमेश मित्र” लेखिएको नम्बरमा सम्पर्क गरी उमेशलाई बोलाइयो।विभक्तले होस् गुमाइसकेका थिए।उमेशले विभक्त कर्मचारी भएको जानकारी दिएकाले उपचारमा सहज हुने हेतुले निजामती कर्मचारी अस्पताल लगियो।विभक्तको अवस्था निकै गम्भीर भएको थियो।

इमेर्जेन्सीमा देखाएपछि डाक्टरले भने “उहाँलाई तत्काल आई.सी.यू.मा राखेर उपचार गर्नुपर्छ तर यहाँ आई.सि.यू खाली छैन, अन्तै लगिहाल्नुस्।” उमेशले मनमनै सोचे “यो कस्तो निजामती अस्पताल हो जहाँ मृत्युसँग लडिरहेको निजामती कर्मचारीले उपचार नपाएर अर्को अस्पताल जानुपर्ने?” तत्काल विभक्तलाई ओम अस्पताल लगियो। उमेशले विभक्तको घरमा फोन गरेर घटनाबारेजानकारी गराए।घरबाट विभक्तका बुवा र आमा आएपछि उमेश अस्पतालबाट गए किनभने उनको पनि परीक्षा आएको थियो।

विभक्तको टाउकामा गहिरो चोट लागेकाले टाउकाको शल्यक्रिया तत्काल गर्नुपर्ने भयो। डाक्टरले “केस जटिल छ,मेजर अपरेसन गर्नुपर्छ, मन दह्रो बनाएर बस्नुहोस्, केही भनी हाल्न सक्ने स्थिति छैन”भनेको सुनेपछि विभक्तका बुवा र आमा भक्कानिन थाले। घरको एकमात्र छोरा विभक्त आमा बुवाका जिउने सहारा थिए। आमा आफैँ बिरामी हुनुहुन्थ्यो भने बुवालाई पनि द्वन्द्वकालमा खुट्टामा गोली लागेपछि शारीरिक रूपमा स्वस्थ हुनुहुन्थ्यो।आफ्नो सन्तान जीवन र मरणको दोसाँधमा अस्पतालको शय्यामा पल्टिरहँदा बाबु आमाको होस-हवास नउडोस् पनि किन ? मन थाम्न निकै कठिन थियो तर आँखाभरि आँसु पार्दै मन थामेका थिए, विभक्तका बुबाआमाले।

शल्यक्रिया सफल भयो र औषधि चलाएकोदुई दिनपछि विभक्तको होस आयो तर चोटले निकैदुखाइकोअनुभूतिभएको थियो। पीडाले विभक्त निकै रन्थनिएका थिए। पीडा एकातिर थियो भने तयारी करिब सकेको अवस्थामा कार्यालयरको परीक्षा हुने समयमा अस्पतालको शय्यामा पल्टनुको पीडा कति हो कति त्यो प्रत्येक परीक्षार्थीले अनुभूति गर्न सक्छ।

अन्ततः उक्त वर्ष पनि विभक्तको शाखा अधिकृत बन्ने सपना अधुरो बन्यो। तर उनका अन्य तीन साथीहरू उमेश अर्याल, लक्ष्मण गौतम र सविन गैरे भने शाखा अधिकृत बने। विभक्तलाई सुचिता गुमाएको भन्दा निकै नै ठुलो बज्रपात बज्रिएको महसुस भएको थियो। साथीहरू जति नै निकटतम किन नहुन आफू सफल हुन नसक्दा साथीहरू सफल हुँदा किन किन मन खिन्न हुने रहेछ।

यद्यपि विभक्तले हार मानेनन्। स्वास्थ्य अवस्था पनि निकै सुधार हुँदै गएको थियो। पुन: सङ्‍घर्षको मैदानमा उत्रिए र निरन्तर अध्ययन गर्न थाले। यस पटक विभक्तलाईजसरी पनि नाम निकाल्नु नै थियो। यस पटक कमान्डो कक्षा लिन सेडेप पुग्दा उनको भेट भयो,ममता पौडेलसँग।ममता पनि यही वर्षदेखि लोकसेवा तयारीमा लागेकी रहिछन्। ममताको घर पनि पर्वतै रहेछ, एकअर्कासँग भाषा, शैली, चालचलन, लवज र भेग मिल्ने भएकाले उनीहरू सजिलै नजिक भएर एकअर्काका आत्मीय साथी बन्न तयार भए। ममता भर्खर भर्खर तयारीमा होमिएकी हुनाले विभक्तले उनलाई धेरै कुरा सिकाउँथे।

रूपमा ठिक्ककी ममताको जिज्ञासु स्वभाव, अनुशासित र सभ्य व्यवहार, दूरदृष्टि र मेहनत देखेर विभक्तलाई ममताबिस्तारै मन पर्न थालेकी थिइन्। ममतालाई देखेपछि विभक्तलाई सुचिताप्रतिको प्रेमले सताउन छोडेको थियो। पहिलो प्रेम भएर पनि होला, विभक्तलाई अझै पनि सुचिताको माया लाग्थ्यो तर सुचिताभन्दा ममता हरेक कोणले आफ्ना लागि उत्कृष्ट लाग्दथी।

यस पटक विभक्तले चार वटै पत्रको लिखित परीक्षा राम्रो गरेका थिए। लिखित परीक्षामा सफल पनि भए। उनको नाम आयो। कम्प्युटर सिप परीक्षण, सामूहिक छलफल र अन्तर्वार्तामा सहभागी भए। अब अन्तिम नतिजा प्रकाशनको प्रतीक्षामा रहेकै बेला उक्त विज्ञापन खुलाउँदा कानुनी प्रक्रिया पूरा नगरिएको भनी रिट परेर सर्वोच्चले पदपूर्ति सम्बन्धी सम्पूर्ण कार्य रोक्न आदेश दियो। अदालती मुद्दाको लामो प्रक्रिया र अन्तिम निर्णय नहुँदा करिब एक वर्ष यतिकै बित्यो। अन्तिममा उक्त विज्ञापन कानुन बमोजिम नै खुलेको भनी रिट निवेदन खारेज भई नतिजा त आयो तर विभक्तको दुर्भाग्य यो पटक उनी पाँच नम्बर वैकल्पिक परे।

अर्कोतिर विभक्त र ममताको मित्रता बिस्तारै प्रेम तर्फ मोडिँदै थियो। बेलाबेला भेट हुने दिनहुँ फोन, म्यासेज, च्याट र भिडियो कल हुन्थ्यो। ममतालाई पनि विभक्त बिछ्ट्टै मन पर्न थालेका थिए । अन्तिम चरणमा असफल भएपछि यसअसफलताको पीडाले रन्थनिएका विभक्तलाई ममताको दह्रो साथ प्राप्त भएको थियो।विभक्तले थुप्रै कठिनाइ र पीडाका दर्दनाक अवस्था अब एक्लै झेल्न चाहन्नथे। उनले ममतालाई बिहेको प्रस्ताव राखे तर ममताले आफू जागिर नखाई बिहे गर्ने इच्छा नभएको प्रतिक्रिया दिइन्।

विभक्तले ममतालाई बिहेपछि पनि पढ्ने वातावरण झन् मिलाइदिने विश्वास दिलाउने प्रयत्न गरे तर ममता राजी भइनन्।ममताले पनि विभक्तको साथ चाहिँ गुमाउन कत्ति पनि चाहान्नथिन्। दुवैले सल्लाह गरे र विभक्त शाखा अधिकृत र ममता पनि निजामती सेवामा प्रवेश गरेपछि मात्रविवाह बन्धनमा बाँधिने प्रण गरे।

अब विभक्त पढाइको निकै गहिराइमा पुगेका थिए। अब मोती टिप्नबाट निकै नजिक थिए उनी। अर्को विज्ञापनमा भने विभक्त शाखा अधिकृतमा लिखितमा नाम निकालेर अन्तर्वार्ता र सामूहिक परीक्षण सकेर अन्तिम नतिजाको पर्खाइमा थिए। लोक सेवा आयोगको वेबसाइटको लिङ्केलाई कार्यालय कम्प्युटरको डेस्कटपमा र मोबाइलको वालमा राखेर हरेक घण्टा हेरिरहन थाले।

एक दिन रातको ८ बजे लोकसेवालेशाखा अधिकृतको नतिजा प्रकाशनको पिडिएफ फाइल हाल्यो। उनलेहत्तपत्त डाउनलोड गरे। जिरिङ्ग भएको थियो। मुटु कामेको थियो। रौँ ठाडा परेका थिए। अघिल्लो वर्ष वैकल्पिक परेकाले होला उनले तलबाट आफ्नो नाउँ खोजे तर नभेटिँदा निकै निरासा छाइसकेको थियो।

अन्तिममा योग्यता क्रम १ उम्मेदवारको नाम विभक्त प्याकुरेल,बाबुको नाम हरिभक्त प्याकुरेल र बाजेको नाम मदनभक्त देखेपछि विभक्तको आँखाबाट खुसीको आँसु बरर झर्यो। सुरुमै बुबालाई फोन गरेर आफ्नो खुसी साटिहाले अनि त बधाइको ओहिरो लाग्न थालिहाल्यो। पर्वत जिल्लाभरि उनको चर्चा भयो। थुप्रै सङ्‍घ/सङ्‍गठनले सम्मान गरे। चर्चा नहोस् पनि किन पर्वतका विभक्तएक नम्बरमै शाखा अधिकृतमा नियुक्ति भएका जो थिए। यो चर्चा महेन्द्र बा(सुचिताका बा) सम्म पुग्न समय लागेन।

उता अस्ट्रेलिया जाने तयारीका निमित्त ‘आइइएलटिस” पढ्दै गर्दा सुचिता पनिअनुजसँग प्रेममा परेकी थिइन्। सुचिताले विभक्तसँग आफ्नो भविष्य (करियर) नमिल्ने सोचेर मन परे पनि प्रेम सम्बन्धमा बस्न खोजेकी थिइनन्। दुवै जना अस्ट्रेलिया गएर सँगै बस्ने, कमाउने, रमाउने एउटै बाटो, एउटै सपना भएका कारण सम्बन्ध राम्रो हुने विश्वासमा सुचिता अनुजसँग प्रेम सम्बन्धमा बाँधिइन्।’आइइएलटिस’को परीक्षामा सुचिताले सात अङ्क ल्याएकी थिइन् भने अनुजले ५.५ मात्र।

अनुजको अङ्क कम भएकाले आफ्नो भिसा लाग्नेमा शङ्काप थियो। त्यसैले आफ्नो भिसा नलागे पनि अस्ट्रेलिया जाने अचुक उपायका रूपमा उनले सुचितालाई प्रेममा पारेका थिए। सुचिता पनि यदि आफ्नो भिसा लागे, अनुजको नलागे ‘डिपेन्डेन्ट भिसा’मा अनुजलाई अस्ट्रेलिया लान तयार भएकी थिइन्। तर कोरोनाका कारण अस्ट्रेलिया सरकारले लामो समयसम्म विदेशी विद्यार्थी नभित्र्याएकाले सुचिताको अस्ट्रेलिया गएर पढ्ने सपना छाडेर उनले पोखरामै स्नातकोत्तर सुरु गरिन्।

सुचिता अस्ट्रेलिया जाने योजनाबाट पछि हटेपछि पनि अनुजले साथ देलान् भन्ने सुचितालाई लागेको थियो किनभने सुचिताले अनुजलाई सत्य प्रेम गरेकी थिइन् तर अस्ट्रेलिया जानकै लागि सुचितासँग प्रेमको ढोङ रचेका अनुजबिस्तारै सुचिताबाट टाढिँदै गए।विभक्तले सुचितालाई जस्तो सत्य प्रेम गरेका थिए, त्यस्तै प्रेम सुचिताले अनुजलाई गरेकी थिइन्।सुचिता पनि कताकता विभक्तलाई गुमाएकामा पछुतोमा पर्न थालेकी थिइन्।

रामनारायण सर (महेन्द्र बाका साथी तथा विभक्तका पर्वत जिल्ला अदालतमा काम गर्दाका सहकर्मी, जसका माध्यमबाट विभक्तले आफ्नो र सुचिताको बिहेको प्रस्ताव महेन्द्र बा समक्ष पठाएका थिए)सँग भेटेर महेन्द्र बाले भने “विभक्त त शाखा अधिकृत भएचन् त है ?”

रामनारायण सर “हो त, केटो क्षमतावान् हो का मलाई त पहिल्यै लाको थ्यो निकाल्च भनेर। सचिपसम्म त ढुक्क पुग्च केटो।तपाईँकी छोरीसँग बिहेको प्रस्ताव त्यसै ल्याकोम् र मैले? तपाईँले मान्नुभएन अपमान गर्नुभो उल्टो।”

महेन्द्र बा: “गल्ती गरिएछ। मान्छे चिनिएन। नेपालको सरकारी जागिरको महत्त्व बुझ्न नि सकिन।धन सम्पत्ति नै सबै थोक हो जस्तो लाग्थ्यो। जिल्लै भरि हिजोआज उनकै चर्चा छ।”

रामनारायण : “सरकारी जागिर त जीवनको सहारा हो नि, बुढेसकालसम्म पनि दुःख पाउनन् जागिरेले, धेर थोर पिन्सिन आउँच त्यो पनि त हो नि अहिलेको कमाइ। मान-सम्मान, इज्जत छ।हेर्नुस् त यत्रो कोरोना महामारी आओ सबैलाई कति मार पार्यो । कर्मचारीलाई के छ तलब आएकै हुन्छ। हातमुख जोड्नेको पिर त भएन करे।”

महेन्द्र बा : “हो गल्ती गरिएच क्याओ गाँठे, दिन पर्ने रैछ छोरी। ल त अझै नि मान्चन् कि? तपाईँले कुरा चलाइदिन पर्यो ।”

रामनारायण : “तपाईँकै अपमानका कारण उनले कुस्मा छोडेका हुन् के मान्लान् र खै? त्यै पनि म कुरा चाहिँ राख्चु करे ।”

रामनारायणले विभक्तलाई उक्त कुरा सुनाए। ममतासँग प्रेममा रहेको भए पनि सुचिता उनको पहिलो प्रेम भएकाले होला कताकता हुन्छ भनौँ जस्तो लागेको थियो तर यस पटक भावनाले भन्दा पनि मस्तिष्कले निर्णय लिए विभक्तले। सारा इमान्दार राजपत्र अनङ्कित कर्मचारीको धज्जी उडाउने गरी महेन्द्र बाले गरेको बेइज्जत सम्झे।

ममताले आफूलाई गर्ने वात्साल्य समानमाया सम्झे र रामनारायण सरलाई विभक्तले भनिदिए”महेन्द्र बालाई भनिदिनु राम सर तपाईँलाई विभक्तले धन्यवाद भनेको छ भनेर किनभने उहाँको हेपाइ र दुर्व्यवहारले मलाई यो ऊर्जा मिलेको हो। त्यो घटना नभएको भए सायद म यस मुकाममा पुग्न धेरै समय लाग्थ्यो होला।

अब म सुचितालाई आफ्नो बनाउन सक्दिनँकिनभने आफूले माया गर्ने मान्छे गुमाएको पीडा मलाई राम्ररी थाहा छ। अब म आफूलाई प्राणभन्दा धेरै माया गर्ने मान्छे गुमाउन चाहन्नँ। म रित्तो हुँदा पनि माया गर्ने मान्छेसँग जीवन बिताउन चाहन्छु। म भरिपूर्ण हुँदा त जसले पनि माया गर्छ। क्षमा गर्नुस् है है राम सर म अब सुचिताको हुन सक्दिनँ। म छिटै बिहे गर्दै छु तपाईँलाई निम्तो आउँछ जसरी पनि आउनुपर्छ। “

विभक्त अधिकृतमा नियुक्त भएकै वर्ष ममताले पनि नायब सुब्बामा नाम निकाल्न सफल भइन्। विभक्तले स्टाफ कलेजको तालिम सकेर निस्के। विभक्तले प्रशासन सेवा अन्तर्गत पर्वत जिल्ला प्रशासन कार्यालय नै रोजे किनभने उनलाई त्यहीँबाट जीवनको अर्को संस्करणको उमङ्गमय सुरुवात गर्नु थियो।

ममता र विभक्तबिचको प्रेम सम्बन्ध अब भने विवाहमा परिणत भयो।ममता पनि सरुवा मिलाएर सोही कार्यालय आइन्। विभक्तका सुख र खुसीकादिनहरू त्यही कुस्मा बजारमा सुरु भए,जहाँबाट उनी अपमानित र निरीह भएर निस्कनु परेको थियो।

सम्बन्धित : सुब्बाको प्रेम

प्रतिक्रिया दिनुहोस