९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकिङ सेवा चुस्त बनाउन सभामुख सापकोटाको आग्रह

अ+ अ-

चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले जनताको जीवनस्तर उठाउन बैंकहरुले किसान र मजदुर वर्गको हित हुने खालका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको आज उद्घाटन गर्दै उनले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक बनाउन आर्थिक विकास जरुरी भएको र त्यसका लागि सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको ठूलो जिम्मेवारी रहेको बताए ।

उनले जलवायु परिवर्तनले यस वर्ष पनि देशका विभिन्न भागमा प्राकृतिक प्रकोपबाट ठूलो जनधनको क्षति पुगेको चर्चा गर्दै सरकारले घोषणा गरेको राहत पीडित पक्षले अझैसम्म पनि पाउन नसकेको हुँदा तत्काल पुग्नुपर्नेमा जोड दिए ।

अर्को प्रसङ्गमा सभामुख सापकोटाले तातोपानी नाकालाई व्यवस्थितरूपमा सञ्चालन गर्न चिनियाँ राजदूत र ल्हासास्थित महावाणिज्यदूतसँग छलफल भइरहेकाले चाँडै नै व्यवस्थितरूपमा सञ्चालनमा आउने बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम जनताको जीवनस्तर उकास्न बैंक लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस