काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-२६) आज (आइतबार)देखि बेलायतको ग्लास्गोमा सुरु हुँदै छ । सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ ।
सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू र नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसहरू भेला हुँदै छन् । विश्व नेताहरूको शीर्ष सम्मेलन सोमबार र मंगलबार हुँदै छ ।
सम्मेलनमा जलवायु सम्बन्धी विभिन्न विषयमा छलफल हुनेछ । विश्व नेताहरूले पृथ्वीलाई भविष्यमा पनि जीवनयोग्य बनाउन के कस्ता कदमहरू उठाउने छन् भन्ने आम चासोको विषय बनेको छ ।
कोपका लक्ष्यहरू सफलतापूर्वक प्राप्त गर्न र जलवायु परिवर्तनसँग जुध्न शीर्ष नेताहरूले ठोस योजना र विश्वसनीय योजनाहरू बनाउने अपेक्षा गरिएको छ ।
सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन् ।